Trending
Prev Story
Next Story

नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

Ekantipur •
November 22, 2026 • 05:32 AM
2
2 reads 0 reactions

घटनाबारे मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले लेटाङ नगरपालिकाकै २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

घटनाबारे मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले लेटाङ नगरपालिकाकै २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

विराटनगर — मोरङको लेटाङ नगरपालिकामा नाच कार्यक्रम हेरेर घर फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

घटनापछि फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार मिश्र ले जानकारी दिएका छन् । गत कात्तिक २८ गते साँझ लेटाङको एक वडामा नाच कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको थियो ।

घटनाबारे मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले लेटाङ नगरपालिकाकै २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका आरोपितलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
अपाङ्गता भएकी किशोरी ब*लात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

अपाङ्गता भएकी किशोरी ब*लात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ

बोल्न नसक्ने अपाङ्गता भएकी किशोरीलाई ४ दिनअघि बलात्कार गरेको खुलेपछि तामाङलाई नियन्त्रणमा लिइएको हो।

#आरोपमा #वर्षीय #युवक
Compare →
Hamro Patro News
1d ago
९५ वर्षीय गोरे पुल उद्घाटनका अतिथि

९५ वर्षीय गोरे पुल उद्घाटनका अतिथि

लमजुङ । सार्वजनिक विकास निर्माणका संरचना उद्घाटन गर्ने अवसर प्रायः ठूला नेता तथा विशिष्ट व्यक्तिले पाउने गर्छन् । तर लमजुङको मध्यनेपाल नगरपालिकामा भने यो परम्परा तोडिएको छ । वडा नम्बर १ र २ जोड्ने ...

#वर्षीय
Compare →
Onlinekhabar
1d ago
विराटनगरको उखुबारीमा एक युवकको शव भेटियो

विराटनगरको उखुबारीमा एक युवकको शव भेटियो

४ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा रहेको उखुबारीमा एक युवकको शव फेला परेको छ । शुक्रबार दिउँसो शव शंकास्पद अवस्थामा फेला परेको हो । अन्दाजी २५–२६ वर्षका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको मोरङ …

#युवक
Compare →

Related Stories

National (Nepal)
Build #2612