Trending
Prev Story
Next Story

जुवा खालबाट ४९ जना पक्राउ

Nagarik News •
November 21, 2026 • 01:07 PM
1
1 reads 0 reactions

काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

जुवा खालबाट ४९ जना पक्राउ

काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडाैंबाट खटिएको प्रहरीले निजहरूलाई नौ लाख ६० हजार ५०० तथा ४६० अमेरिकी डलर, भारतीय ५०० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सिर्जना गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गोरखा चुमनुब्री गाउँपालिका-३ घर भएका ३० वर्षीय कृष्ण गुरूङसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ९३ हजार १८५ र चार थान ताससहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-१ शङ्करपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ६३ वर्षीय पदमबहादुरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ३५ हजार ४२५ र छ थान कौडासहित पक्राउ गरेको हो।

त्यस्तै, नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाबाट जुवातास खेलिरहेको अवस्थामा सूर्यगढी गाउँपालिका-५ बिङ्गोर बस्ने ४३ वर्षीय बिबेक पाण्डेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले निजहरूलाई रु एक लाख ७५ हजार ४३५ सहित पक्राउ गरेको हो।

प्रकाशित: ५ मंसिर २०८३ १८:५२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ

दाङमा जुवाको खालबाट नगदसहित १५ जना पक्राउ

तुलसीपुर उपमहानगरपालिका–५, मासु मार्केटस्थित तेजबहादुर डाँगीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ५ लाख ३० हजार २ सय ३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको थियो।

#जुवा #खेलिरहे #खाल
Compare →
Hamro Patro News
2d ago
जुवातास खेल्ने १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

जुवातास खेल्ने १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

काठमाडौँ- काठमाडौँ र मोरङबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट बुधबार बिहान जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका ...

#काठमाडौं-महानगर #खेलिरहे #जुवा
Compare →
Onlinekhabar
5d ago
जुवा खालबाट १९ जना पक्राउ

जुवा खालबाट १९ जना पक्राउ

३० कात्तिक, काठमाडौं । जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ललितपुरबाट १९ जनालाई पक्राउ गरेको छ । दुई फरक ठाउँबाट १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । गोदावरी नगरपालिका–६ भैंसेस्थित भैंसेडाँडा रिसोर्ट …

#जुवा #खाल
Compare →

Related Stories

National (Nepal)
Build #2612