Trending
Prev Story
Next Story

दाङमा अनलाइन जुवा खेलेको आरोपमा ४ भारतीयसहित ५ जना पक्राउ

Ekantipur •
November 21, 2026 • 10:02 AM
3
3 reads 0 reactions

लमहीको रातोडाँडास्थित जसमिन होटल एन्ड लजमा प्रहरीले छापा मारी जुवा तथा सट्टेबाजी खेल्न प्रयोग गरिएका विभिन्न विद्युतीय उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।

दाङमा अनलाइन जुवा खेलेको आरोपमा ४ भारतीयसहित ५ जना पक्राउ

लमहीको रातोडाँडास्थित जसमिन होटल एन्ड लजमा प्रहरीले छापा मारी जुवा तथा सट्टेबाजी खेल्न प्रयोग गरिएका विभिन्न विद्युतीय उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।

दाङ — अनलाइन जुवा तथा सट्टेबाजी खेलिरहेको अवस्थामा प्रहरीले लमहीमा चार भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ । रातोडाँडास्थित जसमिन होटल एन्ड लजमा शुक्रबार राति प्रहरीले छापा मारेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गरी अनलाइन जुवा तथा सट्टेबाजी खेल्न प्रयोग गरिएका विभिन्न विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको मध्यप्रदेश शंकराचार्य नगर हुजुर सिकन्दरी सराय भोपाल निवासी २४ वर्षीय जसवन्त सिंह तोमर, गीतानगर भानपुर निवासी २४ वर्षीय सत्यम राजपुत र लिलाधर कालोनी भानपुर भोपाल निवासी २४ वर्षीय हर्ष सिंह भन्ने हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द छन् । यस्तै, डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी ३२ वर्षीय सागर राना पनि पक्राउ परेका छन् ।

घटनास्थलबाट तीन थान ल्यापटप, विभिन्न कम्पनीका १३ थान स्मार्टफोन र दुई थान कम्प्युटर मनिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले बताए ।

उनीहरुले विभिन्न एप्लिकेसनमार्फत अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने कार्य गर्दै आएको उनले बताए । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउ

कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउ

२९ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ …

#जुवा #खेले #आरोपमा
Compare →
Hamro Patro News
3d ago
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगंगानगर जिल्ला घर ...

#सट्टेबाजी #आरोपमा
Compare →

Related Stories

World News
Build #2612