Trending
Prev Story
Next Story

अब पैसाकै अभावमा कसैले आँखाको उपचारबाट वञ्चित हुनुपर्दैन : डाक्टर रुइत

Nagarik News •
November 21, 2026 • 01:32 PM
1
1 reads 0 reactions

वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले ताप्लेजुङ जिल्लाका कुनै पनि नागरिकले आर्थिक अभावका कारण आँखाको उपचारको पहुँच पाएनौं भन्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

अब पैसाकै अभावमा कसैले आँखाको उपचारबाट वञ्चित हुनुपर्दैन : डाक्टर रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले ताप्लेजुङ जिल्लाका कुनै पनि नागरिकले आर्थिक अभावका कारण आँखाको उपचारको पहुँच पाएनौं भन्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानद्वारा निर्मित आँखा शल्यक्रिया कक्षको उद्घाटन समारोहलाई शनिबार फुङलिङमा सम्बोधन गर्दै डाक्टर रुइतले पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न पाएनौं भन्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

‘पैसाकै अभावका कारण मोतियाबिन्दुको शल्यक्रिया गर्न पाएनौं भन्ने अवस्था आउने छैन, हामी आउन दिँदैनौं’ उनले आर्थिक स्थिति कमजोर भएका र गरिबीकै कारण आँखाको उपचारको पहुँचमा आउन नसकेकालाई आँखा उपचारको पहुँचमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई आधारभूत आँखा अस्पतालको रूपमा रूपान्तरण गर्ने योजना बनाइरहेको बताउँदै अघिल्लो वर्ष सञ्चालित आँखा शिविरमा शल्यक्रिया कक्षको स्थापनाको समस्या सुनाएको थियो। डाक्टर रुइत आफैं उपस्थित आँखा शिविरको समापनका बेला नेपाल नेत्रज्योति संघ ताप्लेजुङले शल्यक्रिया कक्षको खाँचो औंल्याएपछि समापन मन्तव्यका क्रममा रुइतले डिचेन डोङ्गलामा आँखा शल्यक्रिया कक्ष बनाइदिने घोषणा गरेका थिए। सोहीअनुरूप डिचेन डोङ्गलामा सुविधासम्पन्न आँखा शल्यक्रिया कक्ष निर्माण भई शनिबार उद्घाटन गरिएको हो।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले अब डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा चिकित्सक आवास कक्ष निर्माण गर्न आवश्यक रहेको र त्यसका लागि दाताहरूसँग प्रस्ताव गरिएको जानकारी दिए। चिकित्सक आवास कक्षको स्थापना भएपछि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई आधारभूत आँखा अस्पतालमा स्तरोन्नति गरी मासिक रूपमै आँखाको शल्यक्रिया सेवा सुरु गर्ने योजना रहेको नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरी बताउँछन्।

यसैबीच फुङलिङमा सुरु चारदिने निःशुल्क आँखा स्वास्थ्य शिविर सुरु भएको छ। शिविरको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले आँखाका रोगीहरूको सहज उपचार र ताप्लेजुङबाटै मासिक रूपमै शल्यक्रियासहितको सेवा आरम्भ गर्ने योजनाको खुलेर प्रशंसा गरे। उनले शल्यक्रिया कक्ष बनाइदिएकोमा तिलगंगा आँखा प्रतिष्ठानलाई धन्यवादसमेत दिए।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङका अनुसार शनिबारबाट सुरु शल्यक्रियासहितको आँखा शिविरको पहिलो दिन तीन सय ५३ जनाले आँखा परीक्षणका लागि नाम दर्ता गरेका छन्। त्यसमध्ये ६८ जनालाई मोतियाबिन्दुको शल्यक्रियाका लागि छनोट गरिएको छ। डाक्टर सन्दुक, उनका छोरा सागर र अमेरिकी चिकित्सक डाक्टर जेएफले शल्यक्रिया गरिरहेको नेपाल नेत्रज्योति संघले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८३ १९:१७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
डा. अनिलको उपचार अनुभव : आँखाको ज्योति गुमेको थाहा पाएपछि ती महिलालाई श्रीमानले छाडिदिए

डा. अनिलको उपचार अनुभव : आँखाको ज्योति गुमेको थाहा पाएपछि ती महिलालाई श्रीमानले छाडिदिए

डा. अनिलको उपचार अनुभव : आँखाको ज्योति गुमेको थाहा पाएपछि ती महिलालाई श्रीमानले छाडिदिए १ मिनेट अघि नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले शल्यक्रिया गरी ३५ हजारभन्दा बढी व्यक्तिको आँखाको ज्योति फर...

#आँखा #उपचार
Compare →
Onlinekhabar
4d ago
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

१ मङ्सिर, दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना भएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ । उपचार केन्द्र …

#आँखा #उपचार
Compare →
Bizshala
2h ago
प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठूलो सफलता, जसलाई ‘दशकौंको सबैभन्दा ठूलो प्रगति’ भनिएको छ

प्यान्क्रियाटिक क्यान्सरको उपचारमा ठूलो सफलता, जसलाई ‘दशकौंको सबैभन्दा ठूलो प्रगति’ भनिएको छ

प्यान्क्रियाटिक (अग्नाशय) क्यान्सरको उपचारमा विशेषज्ञहरूले दशकौं यताको सबैभन्दा ठूलो सफलता भनेर वर्णन गरेका छन्। यो...

#उपचार
Compare →
Ekantipur
6d ago
प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्।

#उपचार
Compare →

Related Stories

Health & Wellness
Build #2612