Trending
Prev Story
Next Story

डा. सन्दुक रुइतको टोलीको नेतृत्वमा मिक्लाजुङमा मोतियाबिन्दु शल्यक्रिया हुँदै

Onlinekhabar •
November 16, 2026 • 11:01 AM
2
2 reads 0 reactions

मोरङ । आँखाको ज्योति कमजोर हुँदै गएपछि उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अब मिक्लाजुङका नागरिकलाई केही हदसम्म हट्ने भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट आँखाको परीक्षणदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा …

डा. सन्दुक रुइतको टोलीको नेतृत्वमा मिक्लाजुङमा मोतियाबिन्दु शल्यक्रिया हुँदै

मोरङ । आँखाको ज्योति कमजोर हुँदै गएपछि उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अब मिक्लाजुङका नागरिकलाई केही हदसम्म हट्ने भएको छ।

गाउँमै विशेषज्ञ चिकित्सकबाट आँखाको परीक्षणदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको हो।

वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको नेतृत्वमा संचालन भैरहेको शिविरमा मोतियाबिन्दुको शल्यक्रियासहित विभिन्न आँखासम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा प्रदान भइरहेको छ।

मिक्लाजुङ गाउँपालिका–२, तिल्केनीस्थित मधुमल्ला अस्पतालमा कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म चारदिने शिविर सञ्चालन गरिएको हो।

गाउँपालिका अध्यक्ष बबिकुमार राईको विशेष पहल तथा समन्वयमा आयोजित शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने अवसर दिएको छ।

शिविरको पहिलो दिन नै १०० जनाभन्दा बढी बिरामीले उपचार सेवा लिने अपेक्षा गरिएको थियो।

शिविर सञ्चालन तथा व्यवस्थापनमा वडा नम्बर २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठले पनि सक्रिय समन्वय गरेका छन्।

स्थानीय सरकार, जनप्रतिनिधि र सरोकारवालाको सहकार्यमा आयोजित शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।

ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या देखिए पनि उपचारका लागि सहरका अस्पताल पुग्नुपर्ने बाध्यता छ।

विशेषगरी मोतियाबिन्दुको शल्यक्रिया गर्न टाढा जानुपर्ने, उपचार खर्च जुटाउनुपर्ने र आवतजावतमा समय तथा पैसा खर्चिनुपर्ने समस्या धेरै नागरिकले भोग्दै आएका छन् ।

यस्तो अवस्थामा डा. रुइतजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सकको सहभागितामा गाउँमै शल्यक्रियासहितको उपचार सेवा उपलब्ध हुनु स्थानीयका लागि महत्वपूर्ण अवसर बनेको छ।

लामो समयदेखि धमिलो देख्ने, आँखाको ज्योति कमजोर हुने तथा मोतियाबिन्दुको समस्या भोगिरहेका नागरिकले शिविरबाट लाभ लिन सक्नेछन्। समयमै परीक्षण र उपचार पाउँदा आँखाको समस्याका कारण दैनिक कामकाजमा कठिनाइ भोगिरहेका नागरिकको जीवन सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय सरकारको जिम्मेवारी सडक, पुल र भवन निर्माणमा मात्र सीमित हुँदैन। नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो।

अध्यक्ष राईको पहल तथा वडाध्यक्ष श्रेष्ठलगायत जनप्रतिनिधिको समन्वयमा आयोजित यो शिविर स्थानीय तहमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासका रूपमा देखिएको छ।

आँखाको ज्योति गुम्दै जाँदा व्यक्तिको दैनिक जीवन, आत्मनिर्भरता र सामाजिक सहभागितासमेत प्रभावित हुन्छ।

त्यसैले, गाउँमै परीक्षण र आवश्यक शल्यक्रियाको सुविधा पुग्नु उपचार सेवा उपलब्ध हुनु मात्र होइन, धेरै नागरिकका लागि सहज जीवनयापनको अवसर पनि हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
44m ago
डा. सन्दुक रुइतको टोलीको नेतृत्वमा मिक्लाजुङमा मोतियाबिन्दु शल्यक्रिया हुँदै

डा. सन्दुक रुइतको टोलीको नेतृत्वमा मिक्लाजुङमा मोतियाबिन्दु शल्यक्रिया हुँदै

मोरङ । आँखाको ज्योति कमजोर हुँदै गएपछि उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अब मिक्लाजुङका नागरिकलाई केही हदसम्म हट्ने भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट आँखाको परीक्षणदेखि मोतियाबिन्दुको शल्यक्रि...

#मिक्लाजुङ #आँखा #मोतियाबिन्दु
Compare →

Related Stories

Health & Wellness
Build #2612