Trending
Prev Story
Next Story

यी हुन् काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका ३३ जना (नामसहित)

Nagarik News •
November 16, 2026 • 07:03 AM
3
3 reads 0 reactions

घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ भने ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा लगेर उपचार भइरहेको छ।

यी हुन् काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका ३३ जना (नामसहित)

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-११ स्थित लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व-पश्चिम राजमार्गमा पल्टिएको थियो। बसमा चालकसहित जम्मा ४१ जना सवार थिए।

घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ भने ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा लगेर उपचार भइरहेको छ।

दुर्घटनामा परेको बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका-१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यी हुन् ३३ जना घाइतेहरू १.जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं.११ बस्ने वर्ष ३९ को शिवदत्त राना, २.जिल्ला दार्चुला मालिका अर्जुन गा.पा. वडा नं. २ बस्ने वर्ष ३२ को केशव धामी, ३. ऐ.ऐ. बस्ने निजको छोरी वर्ष ९ की प्रतिक्षा धामी, ४. जिल्ला दार्चुला लेकम गा.पा. ५ बस्ने वर्ष ३४ को दयाकृष्ण जोशी, ५.जिल्ला दार्चुला मार्मा गा.पा. २ बस्ने वर्ष १४ की नविना भट्ट, ६.जिल्ला बैतडी दौगडा केदार न.पा. ५ बस्ने वर्ष ७८ की धाना चन्द, ७.निजको छोरा ऐ.ऐ. बस्ने वर्ष ३९ को प्रेम बहादुर चन्द, ८.जिल्ला कैलाली गोदावरी न.पा. वडा नं.१० बस्ने वर्ष ३७ को डम्वर बहादुर माली, ९.जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.वडा नं. ३ बस्ने वर्ष ३२ को महेश पाण्डे, १०.जिल्ला दार्चुला दुहु गा.पा.वडा नं ४ बस्ने वर्ष २० को रोहीत लोथेल, ११.जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. २ बस्ने वर्ष १९ की खेमा मल्ल, १२.निजको दिदि ऐ.ऐ.बस्ने वर्ष २८ की शोभा मल्ल, १३.जिल्ला कञ्चनपुर कृष्णपुर न.पा वडा नं.४ बस्ने वर्ष २० की जेनी राना, १४.जिल्ला डोटी शिखर न.पा. वडा नं. ११ बस्ने वर्ष ३० को बसन्त बलायर, १५.जिल्ला अछाम चौरपाटी गा.पा.२ बस्ने वर्ष १७ को अमित साउद, १६.जिल्ला बैतडी पुर्चौडी न.पा. वडा नं. १ बस्ने वर्ष ३१ को राजेन्द्र जोशी, १७.निजको श्रीमती ऐ.ऐ. बस्ने वर्ष ३० की भागरथी जोशी, १८. निजको छोरी वर्ष २ की रेणुका जोशी, १९.जिल्ला धनुषा मुखियापट्टी मुसहरमिया गा.पा. वडा न .५ बस्ने वर्ष १८ को भानु यादव, २०.जिल्ला दार्चुला लेकम गा.पा. वडा ५ बस्ने वर्ष २८ को रमेश जोशी, २१.निजको भतिजि ऐ.ऐ.बस्ने वर्ष ७ की श्रूती जोशी, २२.जिल्ला बैतडी मेलौली न.पा. वडा नं. २ बस्ने वर्ष २१ को महेश बि.सी., २३.जिल्ला डडेल्धुरा नवदुर्गा गा.पा.३ बस्ने वर्ष ४२ को डम्वरसिंह साउद, २४.जिल्ला डडेल्धुरा अमरगढी गा.पा. वडा नं. ४ बस्ने वर्ष ४० की गिता कठाएत, २५.जिल्ला डडेल्धुरा अमरगढी गा.पा.वडा नं. ४ बस्ने वर्ष २० की रक्षा कठाएत, २६.जिल्ला कैलाली घोडाघोडी न.पा.२ बस्ने वर्ष २२ की चाँदनी खत्री, २७.जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बस्ने वर्ष २० की जानु चौधरी, २८.जिल्ला डडेल्धुरा भागेश्वर गा.पा. वडा नं. ३ बस्ने वर्ष २० की पुष्पा भाट, २९.ऐ.ऐ. बस्ने वर्ष २३ की पवित्रा रावल, ३०.जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.२ बस्ने वर्ष २५ की प्रिया साउद, ३१. जिल्ला डोटी सिलगढी न.पा.१० बस्ने वर्ष १८ को अंकित यादव, ३२.जिल्ला डोटी सिलगढी न.पा.१० बस्ने वर्ष २४ की ज्योती बुडाल, ३३.निजको भाई ऐ.ऐ. बस्ने वर्ष १५ को धिरज बुडाल

प्रकाशित: ३० कार्तिक २०८३ १२:४८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २५ जना घाइते

धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २५ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको ...

#दुर्घटना #काठमाडौं #घाइते
Compare →
Ekantipur
1h ago
मुगु दुर्घटनाका दुई घाइतेलाई काठमाडौं लगियो, तीन शव सुर्खेत ल्याइँदै

मुगु दुर्घटनाका दुई घाइतेलाई काठमाडौं लगियो, तीन शव सुर्खेत ल्याइँदै

शनिबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिका क्षेत्रमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका थिए भने तीन जनाको मृत्यु भएको थियो।

#दुर्घटना #काठमाडौं #घाइते
Compare →
Onlinekhabar
2h ago
यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे …

#दुर्घटना #काठमाडौं #घाइते
Compare →
Bizshala
20h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2612