३० कात्तिक, काठमाडौं । जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ललितपुरबाट १९ जनालाई पक्राउ गरेको छ ।
दुई फरक ठाउँबाट १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । गोदावरी नगरपालिका–६ भैंसेस्थित भैंसेडाँडा रिसोर्ट र गोदावरी–५ कै चम्पेश्वरीस्थित यमकुमार श्रेष्ठको घरबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट ५ लाख ७३ हजार ६३५ रुपैयाँ र ५ बुक तास समेत बरामद भएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।