Trending
Prev Story
Next Story

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

Onlinekhabar •
November 16, 2026 • 12:30 PM
3
3 reads 0 reactions

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव …

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे ।

नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए ।

साथै, उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताए ।

आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

उनका अनुसार बैंकको चुक्ता पुँजी रु १४ अर्ब ६९ करोड, निक्षेप रु चार खर्ब १६ अर्ब र कर्जा रु दुई खर्ब ६२ अर्ब रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात चार दशमलव १८ प्रतिशत, ग्राहक सङ्ख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० रहेको छ ।

त्यसैगरी, बैंकका २५० वटा एटिएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङका ग्राहक सङ्ख्या १० लाख पुगेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
50m ago
खराब कर्जा असुलीमा अर्थमन्त्रीको जोड, अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह

खराब कर्जा असुलीमा अर्थमन्त्रीको जोड, अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटे...

#अर्थमन्त्री #लिमिटेड #खराब
Compare →
Nagarik News
1h ago
खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

खराब कर्जा असुलीमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

#अर्थमन्त्री #खराब #कर्जा
Compare →
Ekantipur
9m ago
खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन

खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन

बैंकको ९०औँ वार्षिकोत्सवमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अनुत्पादक क्षेत्रमा लगानी नगर्न र वित्तीय अनुशासन कायम राख्दै डिजिटल बैंकिङ विस्तार गर्न पनि निर्देशन दिए ।

#अर्थमन्त्री #वाग्ले #खराब
Compare →
Arthasansar
3h ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#खराब
Compare →

Related Stories

Politics & Governance
Build #2612