Trending
Prev Story
Next Story

धम्की र लुटपाटमा संलग्न ३ जना कलंकीबाट पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रौतहट घर भएका ३३ वर्षीय राज कुमार श्रेष्ठ, काभ्रे घर भएका २८ वर्षीय सागर तामाङ र …

धम्की र लुटपाटमा संलग्न ३ जना कलंकीबाट पक्राउ

५ मंसिर, काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रौतहट घर भएका ३३ वर्षीय राज कुमार श्रेष्ठ, काभ्रे घर भएका २८ वर्षीय सागर तामाङ र कास्की घर भएकी २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–१४ कलंकीमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई धाकधम्की दिई बिहीबार बिहान मोबाइल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612