Trending
Prev Story
Next Story

करिब १० लाख रुपैयाँसहित कौडा खेलिरहेका २४ जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार राति ९:३० बजे जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका …

करिब १० लाख रुपैयाँसहित कौडा खेलिरहेका २४ जना पक्राउ

५ मंसिर, काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार राति ९:३० बजे जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद गरिएको छ ।

पक्राउ पर्नेमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल रहेका छन् ।

उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख ८८ हजार रुपैयाँ बरामद

धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख ८८ हजार रुपैयाँ बरामद

महालक्ष्मी–४ स्थित तेजकुमार श्रेष्ठको घरमा भएको खेलमा घरधनीसहित विभिन्न जिल्लाका २० जना पक्राउ परेका छन्।

#खेलिरहे #कौडा
Compare →
Hamro Patro News
20h ago
रास्वपाको चिन गएको सांसदहरुले  देउवालेनै आधिकारिकता पाउन पर्छ भन्दै  बोलेको अडियो भईरल,केहि समयमै फेसबुकबाट हटाए

रास्वपाको चिन गएको सांसदहरुले देउवालेनै आधिकारिकता पाउन पर्छ भन्दै बोलेको अडियो भईरल,केहि समयमै फेसबुकबाट हटाए

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाकै हातमा रहनुपर्ने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेता महेश बस्नेतलाई पनि राजनीतिक रूपमा रोक्न नहुने विषयमा राष्ट्रिय स्वतन्...

#काठमाडौं #मंसिर
Compare →

Related Stories

World News
Build #2612