Trending
Prev Story
Next Story

सुरुङ्गाको ८.५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चोकदेखि चकदह, प्रमाणपुर हुँदै वडा नम्बर १० को पटेर्वा चोकसम्म जोड्ने ग्रामीण सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि रोकिएको सडक निर्माणले गति लिएसँगै …

सुरुङ्गाको ८.५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

५ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चोकदेखि चकदह, प्रमाणपुर हुँदै वडा नम्बर १० को पटेर्वा चोकसम्म जोड्ने ग्रामीण सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि रोकिएको सडक निर्माणले गति लिएसँगै स्थानीयवासी उत्साहित भएका छन् ।

कुल ८ किलोमिटर ५०० मिटर लामो सडकखण्डमध्ये हालसम्म करिब ६ किलोमिटर कालोपत्र भइसकेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । बाँकी खण्डमा पनि निर्माण तथा कालोपत्रको काम भइरहेको छ ।

गौरी पार्वती के एन्ड केजी जेभीले २०७९ मंसिर १८ गते ठेक्का सम्झौता गरी २०८१ मंसिर १७ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, बजेट सुनिश्चित नहुँदा निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी विश्व सुवेदीले बताए । उनका अनुसार अहिले थपिएको समयमा काम तीव्र पारिएको छ र यसै साताभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

सडक डिभिजन कार्यालय लहानका इन्जिनियर राजेश यादवका अनुसार केही स्थानमा आवश्यक डेन्सिटी नपुगेपछि थप ग्राभेल र बेस राख्न लगाइएको छ । निर्माणको गुणस्तर कायम गर्दै सडक सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर टेकनाथ महतोका अनुसार २७ करोड ८ लाख १६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको सडकको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । केही स्थानमा नाला निर्माण र नालाको आउटलेट बनाउने कामसमेत भइरहेको उनले बताए ।

सुरुङ्गा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रनारायण यादवले अधिकांश सडक कालोपत्र भइसकेको र बाँकी खण्डमा काम भइरहेको बताए । सडक निर्माण सम्पन्न भएपछि चन्हीदेखि लहानसम्म आवतजावत गर्न सहज हुने उनको भनाइ छ ।

स्थानीयवासीका अनुसार बलान नदीको किनार हुँदै निर्माण भइरहेको सडकले आवागमन सहज बनाउनुका साथै नदी कटान र डुबानको समस्याबाट राहत पुग्ने अपेक्षा गरिएको छ । बैरवनका स्थानीय जीवछ यादवले सडकलाई क्षेत्रका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

सडक स्तरोन्नतिले स्थानीय कृषि उत्पादनको बजारीकरणमा समेत सहजता थपेको छ । चकदहका दीपक चौधरीका अनुसार पहिले साँघुरो र जीर्ण सडकका कारण गाउँमा उत्पादित तरकारी तथा दलहन बाली लहान बजार पुर्‍याउन समस्या हुने गरेको थियो । अहिले अटोरिक्सा चल्न थालेपछि किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान सहज भएको छ । लहानका निजी विद्यालयका बससमेत विद्यार्थी लिन गाउँसम्म आउन थालेको उनले बताए ।

सुरुङ्गा नगरपालिका–९ टिकुलियाका स्थानीय मोहम्मद सागीर हुसेनले लामो समय रोकिएको सडक निर्माणले पुनः गति लिएको बताए । उनका अनुसार यसअघि ६ किलोमिटर सडकको कालोपत्र २०८१ फागुनमै सम्पन्न भएको थियो । त्यसपछि रोकिएको निर्माण कार्य अहिले पुनः सुरु भएको हो ।

कालोपत्र हुन थालेपछि सडक आसपासका बस्तीको स्वरूपसमेत फेरिन थालेको स्थानीयको भनाइ छ । कुनै समय साँघुरो, धुलाम्मे र अतिक्रमणको चपेटामा रहेको सडक स्तरोन्नति भएपछि आवागमन बढेको छ भने सडक आसपास पक्की घर निर्माण हुने क्रम पनि बढेको छ ।

उक्त सडक कालोपत्र गर्ने निर्माणकार्यको शिलान्यास तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रेणुकुमारी यादवले गरेकी थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
सुरुङ्गाको ८.५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

सुरुङ्गाको ८.५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

५ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चोकदेखि चकदह, प्रमाणपुर हुँदै वडा नम्बर १० को पटेर्वा चोकसम्म जोड्ने ग्रामीण सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि रोकिएको सड...

#कालोपत्र #सप्तरी #सुरुङ्गा
Compare →
Nagarik News
1d ago
ओडिशाको तटमा ठोक्कियो चक्रवात 'अकवान', ९० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्दै

ओडिशाको तटमा ठोक्कियो चक्रवात 'अकवान', ९० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्दै

चक्रवात 'अकवान' शुक्रबार बिहान करिब ७:३० देखि ८:३० बजेको बीचमा भारतको आन्ध्र प्रदेश र ओडिशाको सीमास्थित गोपालपुर तटमा ठोक्किएको छ।

#किलोमिटर
Compare →
Ekantipur
2d ago
शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ

#किलोमिटर
Compare →
Bizshala
3d ago
कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको ४१ किलोमिटर सडक कालोपत्रे हुने, ३ अर्ब बढीको बहुवर्षीय ठेक्का सम्झौता

काठमाण्डौ । लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृतिमा भएको ढिलाइका कारण रोकिएको कर्णाली करिडोरको...

#किलोमिटर #कालोपत्र
Compare →

Related Stories

World News
Build #2612