Trending
Prev Story
Next Story

मेलौली नगरपालिकामा दुई दिन स्थानीय बिदा

Ekantipur •
November 21, 2026 • 01:32 AM
2
2 reads 0 reactions

नगरपालिकाले यही मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मेलौली नगरपालिकामा दुई दिन स्थानीय बिदा

नगरपालिकाले यही मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैतडी — बैतडीको मेलौली भगवती मन्दिरमा लाग्ने देहीजातको अवसरमा मेलौली नगरपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ ।

नगरपालिकाले यही मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको छ । मेलौली भगवतीको जात्रामा स्थानीयको धार्मिक आस्थालाई दृष्टिगत गर्दै बिदा दिने निर्णय गरिएको नगरप्रमुख भीम चन्दले बताए ।

मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

यसैबीच, नगरपालिकाले जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जात्रा अवधिभर (मंसिर ७ र ८ गते) मन्दिर आसपासका क्षेत्रमा मदिराको बिक्रीवितरण तथा सेवनमा रोक लगाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम मेला अवधिभर मदिराको कारोबार र सेवनमा रोक लगाउने निर्णय गरिएको नगरप्रमुख चन्दले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
मंसिर ८ र ९ गते धनकुटा नगरपालिकामा बिदा

मंसिर ८ र ९ गते धनकुटा नगरपालिकामा बिदा

३ मंसिर, धनकुटा । धनकुटा नगरपालिकाले आठपहरिया जातिको महान् चाड बढाङमेट चाडको अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । धनकुटा नगरपालिकाले मंसिर ८ गते मंगलबार र ९ गते बुधबार दुई दिन स्थानीय …

#नगरपालिका #मंसिर #बिदा
Compare →
Nagarik News
2d ago
मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

#नगरपालिका #मंसिर #बिदा
Compare →

Related Stories

World News
Build #2612