Trending
Prev Story
Next Story

पेरुको एन्डिज पर्वतीय क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प

Nagarik News •
November 21, 2026 • 03:19 AM
2
2 reads 0 reactions

पेरु प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ।

पेरुको एन्डिज पर्वतीय क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प

दक्षिण अमेरिकी देश पेरुमा शुक्रबार राति ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो। भूकम्पपछि त्रासका कारण मानिसहरू घरबाट बाहिर निस्केर सडकमा आएका थिए। यद्यपि, अहिलेसम्म मानवीय क्षति, घाइते वा भवनमा क्षति पुगेको खबर आएको छैन।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजेर ९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु जुनिन सहरबाट ३४ किलोमिटर उत्तरमा रहेको एन्डिज पर्वतीय क्षेत्रमा जमिनको सतहबाट १०८ किलोमिटर गहिराइमा थियो।

पेरु प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ। करिब ४० हजार किलोमिटर लामो यो क्षेत्रमा ज्वालामुखी र भूगर्भीय दरारहरू छन्। विश्वका अधिकांश भूकम्प यही क्षेत्रमा जाने गर्छन्।

यसअघि अगस्टमा पेरुको एन्डिज क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा दुई जना घाइते भएका थिए। धेरै घर, स्वास्थ्य केन्द्र र विद्यालयमा क्षति पुगेको थियो।

त्यस्तै, जुलाईमा जुनिन क्षेत्रमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए।

प्रकाशित: ५ मंसिर २०८३ ०९:०४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं– मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा ...

#पेरु #भूकम्प
Compare →
Onlinekhabar
1d ago
कोप-३१: पर्वतीय एजेन्डाका लागि नेपालको पहल

कोप-३१: पर्वतीय एजेन्डाका लागि नेपालको पहल

३ मङ्सिर, अन्ताल्या (टर्किए) । टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको …

#पर्वतीय
Compare →
Ekantipur
3d ago
सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नेपालले सन् २०२७ देखि कार्यक्रम सुरु गर्न, कार्यान्वयन विधि स्पष्ट पार्न र पर्वतीय जलवायु वित्तका विशेष सूचक निर्धारण गर्न प्रस्ताव गर्नेछ।

#पर्वतीय
Compare →

Related Stories

World News
Build #2612