Trending
Prev Story
Next Story

अमेरिकाको लस एन्जलसमा भूकम्प, ११५ माइल टाढासम्म धक्का महसुस

Nagarik News •
November 20, 2026 • 01:02 PM
3
3 reads 0 reactions

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प क्यालिफोर्नियाको कमर्स क्षेत्रबाट करिब आधा माइल उत्तर-उत्तरपश्चिममा गएको थियो। उक्त स्थान लस एन्जलस सहरबाट करिब ७ माइल टाढा पर्छ।

अमेरिकाको लस एन्जलसमा भूकम्प, ११५ माइल टाढासम्म धक्का महसुस

अमेरिकाको लस एन्जलस क्षेत्रमा शुक्रबार बिहान (स्थानीय समयअनुसार) भूकम्प गएको छ।

४.४ म्याग्निच्युडको भूकम्पको धक्का लस एन्जलसबाट ११५ माइल टाढासम्म महसुस गरिएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प क्यालिफोर्नियाको कमर्स क्षेत्रबाट करिब आधा माइल उत्तर-उत्तरपश्चिममा गएको थियो। उक्त स्थान लस एन्जलस सहरबाट करिब ७ माइल टाढा पर्छ।

यूएसजीएसका अनुसार भूकम्पको धक्का लस एन्जलसबाट करिब ८० माइल उत्तरमा रहेको ल्यान्कास्टर र ११५ माइल दक्षिणमा रहेको पोवे क्षेत्रमा समेत महसुस गरिएको थियो। भूकम्प गएको जानकारी पाएपछि विभिन्न क्षेत्रका मानिसहरूले धक्का महसुस गरेको बताएका थिए।

भूकम्पबाट भएको क्षति वा मानवीय चोटपटकबारे तत्काल कुनै विवरण प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १८:४७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः ओली

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक...

#धक्का
Compare →
Onlinekhabar
6d ago
भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

२८ कार्तिक, सुर्खेत । भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबार र जिल्ला अदालत भवन पुनर्निर्माण हुने भएको छ । १७ कात्तिक २०८० को जाजरकोट भूकम्पबाट क्षतिग्रस्त यी संरचनाहरूको पुनर्निर्माणका लागि बजेट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले …

#भूकम्प
Compare →

Related Stories

World News
Build #2612