Trending
Prev Story
Next Story

कालीकोटमा सुरु भयो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता, विजेताले पाउनेछन् आकर्षक पुरस्कार

Nagarik News •
November 20, 2026 • 01:28 PM
2
2 reads 0 reactions

प्रदेशस्तरीय प्रतियोगितामा बी लेभल पुरुष डबल र भेट्रान्स पुरुष डबल विधामा खेल सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए।

कालीकोटमा सुरु भयो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता, विजेताले पाउनेछन् आकर्षक पुरस्कार

कालीकोटमा प्रथम अध्यक्ष कप प्रदेशस्तरीय बी लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता उद्घाटन भएको छ।

जिल्ला ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा आजदेखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रदेशस्तरीय प्रतियोगितामा बी लेभल पुरुष डबल र भेट्रान्स पुरुष डबल विधामा खेल सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत बी लेभल पुरुष डबलतर्फ प्रथम हुने टोलीले ४४ हजार ४४४ रुपैयाँ, द्वितीयले २२ हजार २२२ रुपैयाँ र तृतीयले ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, भेट्रान्स पुरुष डबलतर्फ प्रथम हुने टोलीले २२ हजार २२२ रुपैयाँ, द्वितीयले ११ हजार १११ रुपैयाँ र तृतीयले ५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिता सञ्चालनका लागि नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकाले आर्थिक सहयोग गरेका छन्। प्रतियोगिताअन्तर्गत बी लेभल पुरुष डबलतर्फ १६ टिम र भेट्रान्स पुरुष डबलतर्फ ४ टिम दर्ता भएका छन्।

महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले खेल क्षेत्रको प्रवर्द्धनका लागि गाउँपालिकाले निरन्तर सहयोग र समन्वय गर्दै आएको बताए। उनले खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचानका लागि स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य जारी रहने बताए।

त्यस्तै, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि गाउँपालिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए। स्थानीय स्तरमा खेलकुद गतिविधि बढाउन तथा प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा प्रदेशस्तरमा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले बताए।

कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य दुर्गबहादुर रावल र पूर्व जिल्ला विकास समिति सभापति दीपबहादुर शाही लगायत जिल्लाका अन्य नेता तथा कार्यालय प्रमुखको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित: ४ मंसिर २०८३ १९:१३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#प्रदेशस्तरीय #भयो
Compare →
Ekantipur
1d ago
भावना र प्रतीक कोशी प्रदेशस्तरीय ब्याडमिन्टनमा सर्वोत्कृष्ट

भावना र प्रतीक कोशी प्रदेशस्तरीय ब्याडमिन्टनमा सर्वोत्कृष्ट

सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ६ जना खेलाडी १० ‌औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका हुन् ।

#प्रदेशस्तरीय #ब्याडमिन्टन
Compare →

Related Stories

Sports
Build #2612