Trending
Prev Story
Next Story

नेपाली पुरुष क्रिकेट टिमले आगामी वर्ष जुनमा इंग्ल्यान्ड भ्रमण गर्दै

Ekantipur •
November 19, 2026 • 11:02 AM
2
2 reads 0 reactions

मेरिलेबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ ।

नेपाली पुरुष क्रिकेट टिमले आगामी वर्ष जुनमा इंग्ल्यान्ड भ्रमण गर्दै

मेरिलेबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ ।

काठमाडौं — नेपाली पुरुष राट्रिय क्रिकेट टिमले सन् २०२७ मा इंग्ल्यान्ड भ्रमण गर्दै विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।  नेपालले पहिलो पटक लर्ड्स मैदानमा आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो । ३ जुन २०२७ मा नेपाल र बंगलादेशबीच उक्त ऐतिहासिक खेल हुनेछ । बंगलादेशको पुरुष टोलीले पनि पहिलो पटक लर्ड्समा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

मेरिलिबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ । नेपालले १ जुनमा वर्म्सलीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ ।

त्यसपछि ३ जुनमा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । भ्रमणका क्रममा नेपालले आयरल्यान्डसँग पनि ४ खेल खेल्नेछ । ६ जुनमा वर्म्सलीमा ५० ओभरको खेल हुनेछ भने ९ जुनमा सोही मैदानमा टी–२० खेल हुनेछ । त्यस्तै, ११ र १२ जुनमा बेकनह्‍याममा आयरल्यान्डसँग दुई टी–२० खेल खेल्ने तालिका छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लर्ड्समा ऐतिहासिक खेल खेल्न पाउनु नेपाली क्रिकेटका लागि विशेष अवसर भएको बताएका छन् । उनले एमसीसी, इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड ईसीबी, बंगलादेश क्रिकेट बोर्ड, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

यस्तै, एमसीसीका चीफ एक्जिक्युटीभ सेक्रेटरी रोबर्ट लसनले पछिल्ला केही वर्षमा एमसीसी र क्यानबीचको सम्बन्ध प्रगाढ हुँदै गएको उल्लेख गर्दै आपसी भ्रमणले अनुभवहरूको आदानप्रदान तथा क्रिकेट खेलको विकासमा सहकार्यकर्य गर्ने अवसर मिलेको बताए ।  एमसीसीले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सम्बन्ध विस्तार गर्ने र नेपाली क्रिकेटको विकासमा सहयोग पुर्‍याउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
नेपालले इंग्ल्यान्ड भ्रमण गर्ने, खेल तालिका सार्वजनिक

नेपालले इंग्ल्यान्ड भ्रमण गर्ने, खेल तालिका सार्वजनिक

नेपालले सन् २०२७ को जुनमा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा प्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी-२० खेल खेल्ने भएको छ।

#क्रिकेट #इंग्ल्यान्ड #भ्रमण
Compare →
Onlinekhabar
1h ago
भारतसँगको क्रिकेट कूटनीति : बालेनको भ्रमणमा नेपालले राख्नुपर्ने ४ प्रस्ताव

भारतसँगको क्रिकेट कूटनीति : बालेनको भ्रमणमा नेपालले राख्नुपर्ने ४ प्रस्ताव

नेपाल र भारतबीचको सम्बन्ध परम्परागत रूपमा राजनीति, अर्थतन्त्र, व्यापार र संस्कृतिमा केन्द्रित रहँदै आएको छ । तर, दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने अर्को प्रभावकारी माध्यम खेलकुद पनि हुन सक्छ । विशेषगरी क्रिकेटमा भारतको अनुभव, …

#क्रिकेट #भ्रमण
Compare →
Arthasansar
1h ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#क्रिकेट #बंगलादेश
Compare →
Hamro Patro News
1h ago
लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको बस शिवखोलानजिक दुर्घटना, २२ जना घाइते

लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको बस शिवखोलानजिक दुर्घटना, २२ जना घाइते

लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको बस शिवखोलानजिक दुर्घटना, २२ जना घाइते केहि सेकेन्ड अघि काठमाडौं : लुम्बिनी भ्रमण गरेर बुटवलबाट कोहलपुर फर्कँदै गरेको बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङक...

#भ्रमण
Compare →
Bizshala
1d ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#भ्रमण
Compare →

Related Stories

Sports
Build #2612