Trending
Prev Story
Next Story

सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङमा

Ekantipur •
November 19, 2026 • 11:02 AM
2
2 reads 0 reactions

कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेपछि फाइनल प्रवेशका लागि त्रिवि मैदानमा दुवै टोलीबीच निर्णायक प्रतिस्पर्धा हुँदैछ।

सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङमा

कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेपछि फाइनल प्रवेशका लागि त्रिवि मैदानमा दुवै टोलीबीच निर्णायक प्रतिस्पर्धा हुँदैछ।

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान रवि बोपाराले बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यस खेल जित्ने टोली फाइनलमा पुग्नेछ । राउन्ड रोबिन लिगमा सुदूरपश्चिम दोस्रो र चितवन चौथो भएको थियो । सुदूरपश्चिम क्वालिफायर १ मा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । चितवनले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको थियो ।

चितवन पहिलो पटक क्वालिफायर २ मा खेलिरहेको छ । सुदूरपश्चिमले पहिलो दुई सिजन नै फाइनल खेलेको थियो र दुवै पटक उपविजेतामै सीमित भएको थियो ।

चितवनले अघिल्लो दिन खेलेको टोलीबाट क्वालिफायर २ का लागि कुनै खेलाडी परिवर्तन गरेको छैन । सुदूरपश्चिमको टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा र थानुका दवारेको स्थानमा फाबियन एलेनलाई खेलाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
40m ago
क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको क्वालिफायर्स–२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

#चितवन #सुदूरपश्चिमविरुद्ध #ब्याटिङ
Compare →
Arthasansar
10m ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#चितवन #ब्याटिङ
Compare →
Onlinekhabar
1d ago
काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

२ मंसिर, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान …

#चितवन #ब्याटिङ
Compare →
Hamro Patro News
4d ago
तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविर...

#ब्याटिङ #चितवन
Compare →

Related Stories

Sports
Build #2612