Trending
Prev Story
Next Story

चितवन टस जितेपछि काठमान्डुविरुद्ध ब्याटिङमा

Ekantipur •
November 18, 2026 • 11:32 AM
1
1 reads 0 reactions

कप्तान रबि बोपाराले टस जितेपछि चितवनले निर्णय लिएको हो, जबकि दुवै टोलीले प्लेअफमा दुई–दुई खेलाडी परिवर्तन गरेका छन्।

चितवन टस जितेपछि काठमान्डुविरुद्ध ब्याटिङमा

कप्तान रबि बोपाराले टस जितेपछि चितवनले निर्णय लिएको हो, जबकि दुवै टोलीले प्लेअफमा दुई–दुई खेलाडी परिवर्तन गरेका छन्।

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान रबि बोपाराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

नियमित कप्तान जिम्बावेका सिकन्दर राजा अबुधाबी टी–१० खेल्न यूएई गएकाले पुनः रबि बोपाराले टोलीको नेतृत्व गर्न लागेका हुन्। बोपाराले प्रतियोगिताको पहिलो दुई खेलमा चितवनको कप्तानी गरेका थिए। अन्तर्राष्ट्रिय ड्युटीबाट आएपछि राजाले बोपारासँग कप्तानी लिएका थिए।

राजाको स्थानमा डेभिड मलान खेलिरहेका छन्। मलानलाई लिग चरणको अन्तिम खेलमा विश्राम दिइएको थियो। बोपाराले पनि पछिल्लो खेल खेलेका थिएनन्। उनले डान मुस्लीको स्थान लिनेछन्। त्यस्तै, चितवनले अशोक धामीको स्थानमा रन्जीत कुमारलाई खेलाएको छ।

काठमान्डुको टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ। सुमित महर्जनको स्थानमा साहिल पटेल र स्मित पटेलको स्थानमा साम हेजलेट खेलिरहेका छन्।

काठमान्डुले लिग चरणमा चितवनलाई १० रनले पराजित गरेको थियो। आठ फ्रेन्चाइज टोली सहभागी राउन्ड रोबिन लिगमा काठमान्डु तेस्रो र चितवन चौथो भएका थिए।

दुवै टोली दोस्रो पटक प्लेअफ खेलिरहेका छन्। यसअघिका दुवै अवसरमा चितवन र काठमान्डु इलिमिनेटरबाटै बाहिरिएका थिए।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
10m ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#चितवन #काठमान्डुविरुद्ध #ब्याटिङ
Compare →
Onlinekhabar
46m ago
काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

२ मंसिर, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान …

#चितवन #काठमान्डुविरुद्ध #ब्याटिङ
Compare →
Nagarik News
3d ago
एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

#चितवन #ब्याटिङ
Compare →
Hamro Patro News
6h ago
एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उपाधि होडलाई जीवित राख्न आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच निर्णायक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिके...

#चितवन
Compare →

Related Stories

Sports
Build #2612