२ मंसिर, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ।
चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान करण केसीले नै गर्दैछन्।
आजको खेलमा चितवनले दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलान टोलीमा आएका छन् ।
काठमान्डुले पनि दुई परिवर्तन गरेको छ । सुमीत महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेट आएका छन् ।