Trending
Prev Story
Next Story

इलिमिनेटर पार गर्ने लक्ष्यसहित काठमान्डु र चितवन भिड्दै

Onlinekhabar •
November 18, 2026 • 07:01 AM
4
4 reads 0 reactions 4 comments

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलोपटक इलिमिनेटर पार …

1 / 3
Swipe Photos

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलोपटक इलिमिनेटर पार गर्दै उपाधि यात्रालाई अघि बढाउने लक्ष्यमा हुनेछन्।

एनपीएलका अघिल्ला दुई संस्करणमा दुवै टोलीको यात्रा इलिमिनेटरमै टुंगिएको थियो। पहिलो संस्करणमा चितवन राइनोज कर्णाली याक्ससँग पराजित भएको थियो। दोस्रो संस्करणमा काठमान्डु गोर्खाज लुम्बिनी लायन्ससँग पराजित हुँदै बाहिरिएको थियो। यसपटक भने दुवै टोलीसँग त्यो इतिहास बदल्ने अवसर छ।

लिग चरणमा काठमान्डु तेस्रो र चितवन चौथो स्थानमा रहे। काठमान्डुले सात खेलबाट चार जितसहित आठ अंक जोड्दा चितवनले तीन जित र एक नतिजाविहीन खेलबाट सात अंक हासिल गरेको थियो।

इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोलीको प्रतियोगितामा यात्रा समाप्त हुनेछ।

यसअघि पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ ।

यस सिजन लिग चरणमा भएको भेटमा काठमान्डुले चितवनलाई १० रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको काठमान्डुले १८० रन बनाएको थियो। जवाफमा चितवनले १७० रन मात्र बनाउन सक्यो। काठमान्डुका रासिद खानले ३० बलमा ५२ रन बनाएका थिए भने चितवनका रवि बोपाराले ३५ बलमा ५५ रन बनाएका थिए।

काठमान्डुले प्रतियोगिताको सुरुवातमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि डेभिड वार्नर टोलीमा आएपछि लगातार चार खेल जितेको थियो। तर वार्नर फर्किएपछि टोलीले पछिल्ला दुई खेलमा सुदूरपश्चिम र पोखरासँग हार बेहोर्‍यो। पछिल्लो खेलमा पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याउँदा काठमान्डु १६९ रनमै समेटिएको थियो।

चितवनको लय पनि स्थिर रहन सकेको छैन। टोलीले लिग चरणको अन्तिम खेलमा कर्णालीसँग २४ रनको हार बेहोरेको थियो। त्यसअघि जनकपुरलाई चार विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको चितवनले पछिल्ला पाँच खेलमा दुई जित र तीन हार बेहोरेको छ।

एनपीएल इतिहासमा यी दुई टोली हालसम्म ३ पटक भिडेका छन् जहाँ काठमान्डुले २ जित निकाल्दा चितवनले १ जित हासिल गरेको छ । सुरुवाती संस्करणमा चितवनले काठमान्डुलाई पराजित गरेको थियो । दोस्रो र तेस्रो संस्करणमा काठमान्डु विजयी भयो ।

चितवनले लिग चरणको अन्तिम खेलमा टोलीमा पाँच परिवर्तन गरेको थियो। नियमित खेलाडीमध्ये रवि बोपारा, डाविड मलान र कमिल मिसाराले विश्राम पाउँदा उसामा मिर, सलाहुद्दिन खान र अशोक धामीले पहिलोपटक खेल्ने अवसर पाएका थिए।

खेलपछि कप्तान सिकन्दर राजाले नयाँ खेलाडीमध्ये केहीले इलिमिनेटरमा पनि मौका पाउन सक्ने बताएका थिए। त्यसैअनुरुप उसामा मिरले भने खेल्ने नै सम्भावना देखिन्छ ।

अन्तिम खेलमा अवसर पाएका खेलाडीलाई निरन्तरता दिने वा अनुभवी खेलाडीलाई फर्काउने भन्ने निर्णय चितवनका लागि महत्त्वपूर्ण हुनेछ। ब्याटिङमा बोपारा, मलान, सिकन्दर र कुशल मल्लको भूमिका रहनेछ। बलिङमा रिजन ढकाल र कमलसिंह ऐरी टोलीका मुख्य हतियार हुन्। दुवैले लिग चरणमा समान १२ विकेट लिएका छन्।

काठमान्डुले पनि लिग चरणको अन्तिम खेलमा पोखराविरुद्ध सोनु देवकोटा र सुमित महर्जनलाई मौका दिएको थियो। वार्नर टोलीमा नरहेको अवस्थामा काठमान्डुले ओपनिङ र मध्यक्रमको संयोजन मिलाउनुपर्नेछ।

रासिद खान, विलियम बोसिस्टो, सहान अराचिगे र कप्तान करण केसीको ब्याटिङ महत्त्वपूर्ण हुनेछ। बलिङमा जहानदाद खान, सन्तोष यादव र रासिदको प्रदर्शन निर्णायक बन्न सक्छ।

साहब आलम चोटग्रस्त भएपछि काठमान्डुले दिपेश कँडेललाई टोलीमा भित्र्याएको छ । उनले पनि मौका पाउन सक्छन् ।

काठमान्डुको सम्भावित ११ : स्मित पटेल, भीम सार्की, विलियम बोसिस्टो, सहान अराचिगे, रासिद खान, जहानदाद खान, करण केसी, सन्तोष यादव, सोनु देवकोटा/सुमित महर्जन, दिपेश कँडेल र गणेश गौतम।

चितवनको सम्भावित ११ : कमिल मिसारा, अर्जुन साउद/देव खनाल, रवि बोपारा, सिकन्दर राजा, कुशल मल्ल, विवेक यादव, रन्जित कुमार, कमलसिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खान।

काठमान्डुका लागि रासिद खान र जहानदाद खान मुख्य खेलाडी हुनेछन्। रासिदले लिग चरणमा १८६ रन बनाएका छन्। उनी ब्याटिङसँगै बलिङमा पनि प्रभाव पार्न सक्छन्। चितवनविरुद्धको अघिल्लो भेटमा पनि उनले अर्धशतक बनाएका थिए। जहानदादले लिग चरणमा १२ विकेट लिएका छन्। उनको बलिङले चितवनको मध्यक्रमलाई दबाबमा राख्न सक्छ।

चितवनका लागि रवि बोपारा र सिकन्दर राजाको प्रदर्शन महत्त्वपूर्ण हुनेछ। बोपाराले लिग चरणमा १८४ रन बनाएका छन्। काठमान्डुविरुद्धको अघिल्लो भेटमा पनि उनले अर्धशतक बनाएका थिए। सिकन्दरले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिन सक्छन्।

बलिङमा कमलसिंह ऐरी र रिजन ढकाल चितवनका मुख्य खेलाडी हुन्। दुवैले समान १२ विकेट लिएका छन्।

इलिमिनेटर जित्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा लुम्बिनी लायन्ससँग भिड्नेछ।

त्यसैले काठमान्डु र चितवनका लागि बुधबारको खेल प्रतियोगितामा टिकिरहने मात्र होइन, पहिलोपटक इलिमिनेटर पार गर्दै फाइनलको सम्भावना कायम राख्ने अवसर पनि हो।

खेल : काठमान्डु गोर्खाज भर्सेस् चितवन राइनोज, इलिमिनेटर मिति र समय : मंसिर २, साँझ ५ बजेदेखि स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर मौसम : सफा

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोजका बिच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे चार बजे स...

#एनपीएल #प्रिमियर-लिग #इलिमिनेटर
Compare →
Ekantipur
6h ago
काठमान्डु र चितवनको प्लेअफ होड

काठमान्डु र चितवनको प्लेअफ होड

दुवै टोलीले यसअघि प्लेअफमा हार बेहोरेका छन्, तर यसपटक क्वालिफायर–२ हुँदै पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछन्।

#इलिमिनेटर #काठमान्डु #चितवन
Compare →
Nagarik News
6h ago
एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612