Trending
Prev Story
Next Story

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

Nagarik News •
November 18, 2026 • 01:06 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगङ्गानगर जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका ३५ वर्षीय रोहित पथरिया रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपिएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पथरियासँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा उनले अनलाइन ‘बेटिङ साइट’मार्फत क्रिकेट खेलमा पटक–पटक सट्टेबाजी गरेको पाइएको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पथरियाले बेटिङ साइट प्रयोग गरी एनपिएलका खेलमा पटक–पटक गरी रु आठ लाख ७५ हजार ४० बराबरको कारोबार गरेको खुलेको छ।

पक्राउ परेका पथरियालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ ०६:५१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
एनपिएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा ठमेलबाट भारतीय नागरिक पक्राउ

एनपिएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा ठमेलबाट भारतीय नागरिक पक्राउ

एनपिएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा ठमेलबाट भारतीय नागरिक पक्राउ ५ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण चलिरहेका बेला सट्टेबाजी (बेटिङ) गराएको आरोपमा प्रहरीले काठ...

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
Compare →
Onlinekhabar
12h ago
एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन् । उनी हाल काठमाडौं …

#एनपीएल #प्रिमियर-लिग #सट्टेबाजी
Compare →
Ekantipur
11h ago
लुम्बिनीको स्पष्ट नजर फाइनलमै

लुम्बिनीको स्पष्ट नजर फाइनलमै

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनल नजिक पुगेको छ । कप्तान रोहित पौडेलले टिम लयमा रहेको र उपाधि रक्षा गर्ने लक्ष्यमा केन्द्रित रहेको बताए ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

काठमाण्डौ । नेपालले स्वदेशमा उत्पादित सिमेन्ट, स्टिल, प्लाइउडलगायतका औद्योगिक वस्तुको भारतीय बजारमा पहुँच सहज बनाउन...

#भारतीय
Compare →

Related Stories

Sports
Build #2612