Trending
Prev Story
Next Story

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

Arthasansar •
November 19, 2026 • 10:05 AM
3
3 reads 0 reactions

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।

एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लड्र्समा खेल्नेछ । उक्त खेल सोही दिन लड्र्समा हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै आयोजना हुनेछ । यो लड्र्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकै दिन आयोजना हुन लागेको पहिलो अवसर हुनेछ ।

बंगलादेशले लड्र्समा पहिलो पटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले लड्र्समा खेलेको थियो । नेपालले भने लड्र्समा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग त्यहाँ खेलेको थियो । भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि खेल्नेछ । ती खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त हुनेछन् ।

लड्र्समा हुने नेपाल र बंगलादेशबीचको खेल नेपाली र बंगलादेशी दर्शकलाई लक्षित गरी टेलिभिजन प्रसारणको समयअनुसार तय गरिएको एमसीसीले जनाएको छ। जुन ३ मा हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु तालिका सार्वजनिक भएपछि तय हुनेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
नेपाल र बंगलादेशबीच लर्ड्समा ऐतिहासिक टी–२०आई खेल हुने

नेपाल र बंगलादेशबीच लर्ड्समा ऐतिहासिक टी–२०आई खेल हुने

३ मंसिर, काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो। एमसीसीको आयोजनामा …

#क्रिकेट #बंगलादेश #ऐतिहासिक
Compare →
Ekantipur
24m ago
नेपाली पुरुष क्रिकेट टिमले आगामी वर्ष जुनमा इंग्ल्यान्ड भ्रमण गर्दै

नेपाली पुरुष क्रिकेट टिमले आगामी वर्ष जुनमा इंग्ल्यान्ड भ्रमण गर्दै

मेरिलेबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ ।

#क्रिकेट #बंगलादेश
Compare →
Nagarik News
51m ago
नेपालले इंग्ल्यान्ड भ्रमण गर्ने, खेल तालिका सार्वजनिक

नेपालले इंग्ल्यान्ड भ्रमण गर्ने, खेल तालिका सार्वजनिक

नेपालले सन् २०२७ को जुनमा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा प्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी-२० खेल खेल्ने भएको छ।

#क्रिकेट #बंगलादेश
Compare →
Hamro Patro News
2d ago
आईसीसीले सार्वजनिक गर्‍यो सन् २०३५ सम्मका प्रमुख प्रतियोगिताको तालिका

आईसीसीले सार्वजनिक गर्‍यो सन् २०३५ सम्मका प्रमुख प्रतियोगिताको तालिका

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०३५ सम्म आयोजना हुने प्रमुख पुरुष प्रतियोगिताहरूको समयतालिका र खेल्ने ढाँचा स्वीकृत गरेको छ । इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठक...

#क्रिकेट #सन्
Compare →

Related Stories

National (Nepal)
Build #2612