Trending
Prev Story
Next Story

कात्तिकमा ७० लाखको सामान बरामद

Nagarik News •
November 21, 2026 • 02:37 AM
2
2 reads 0 reactions

प्रहरीले कात्तिक महिनामा रु ७० लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

कात्तिकमा ७० लाखको सामान बरामद

प्रहरीले कात्तिकमा ७० लाख ७० हजार रुपैयाँ  बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो।

त्यसैगरी, प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुङ्गा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १० ट्रयाक्टर नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी  नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत छ हजार २६३ लिटर तयारी मदिरा र छ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गर्नुका साथै सोही क्रममा ११ जना पक्राउ परेका छन्।

अवैध वन पैदावार नियन्त्रणतर्फ १० सवारीसाधन नियन्त्रणमा लिई ३९ क्युबिक काठ बरामद गरिएको छ। यसबाट एक लाख ९५ हजार राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

कात्तिकमा पर्सा जिल्लामा ३७ सवारीसाधन दुर्घटना भएका थिए। सो क्रममा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए।

यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने ९४१ सवारीसाधनका चालकलाई कारबाही गरी रु १० लाख ८७ हजार राजस्व सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक  मल्लले बताए।

प्रकाशित: ५ मंसिर २०८३ ०८:२२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
वीरगन्जमा एक महिनामा बरामद भयो ७० लाखको सामग्री

वीरगन्जमा एक महिनामा बरामद भयो ७० लाखको सामग्री

वीरगन्ज – प्रहरीले कात्तिक महिनामा ७० लाख ७० हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो।

#बरामद #सामान #भन्सार
Compare →
Onlinekhabar
3d ago
सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते …

#बरामद #सामान
Compare →
Ekantipur
14h ago
भन्सार छली ल्याइएका करिब १० लाखका लत्ताकपडा र तरकारी बरामद

भन्सार छली ल्याइएका करिब १० लाखका लत्ताकपडा र तरकारी बरामद

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार वीरगन्जको इनर्वागाउँबाट ९ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो ।

#बरामद #भन्सार
Compare →
Bizshala
1d ago
वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

#कात्तिक #भन्सार
Compare →

Related Stories

Technology
Build #2612