Trending
Prev Story
Next Story

भन्सार छली ल्याइएका करिब १० लाखका लत्ताकपडा र तरकारी बरामद

Ekantipur •
November 20, 2026 • 03:02 PM
1
1 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार वीरगन्जको इनर्वागाउँबाट ९ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो ।

भन्सार छली ल्याइएका करिब १० लाखका लत्ताकपडा र तरकारी बरामद

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार वीरगन्जको इनर्वागाउँबाट ९ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो ।

पर्सा — प्रहरीले वीरगन्जबाट भन्सार छली भारतबाट भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका लत्ताकपडा तथा तरकारी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार वीरगन्जको इनर्वागाउँबाट ९ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका ती कपडा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, भन्सार छली ल्याउँदै गरेको २३ हजार ४ सय ८५ रुपैयाँ बराबरका तरकारी शुक्रबार सोही वडाको रजतजयन्ती चोकबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुई दिनमा प्रहरीले कुल ९ लाख ७६ हजार ८ सय ३० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवै...

#बरामद #भन्सार
Compare →
Onlinekhabar
12h ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख बढी नगद बरामद

धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख बढी नगद बरामद

४ मंसिर, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ८८ हजार ९ सय ७० रुपैयाँ र १६ वटा ठूलो कौडा बरामद गरेको छ …

#बरामद
Compare →
Bizshala
1d ago
वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

#भन्सार
Compare →
Nagarik News
1d ago
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ।

#बरामद
Compare →
Arthasansar
1w ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →

Related Stories

World News
Build #2612