Trending
Prev Story
Next Story

मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

Ekantipur •
November 21, 2026 • 04:02 AM
2
2 reads 0 reactions

आपत्कालीन निकायले जोखिमयुक्त क्षेत्रको निगरानी गरिरहेका बेला प्रारम्भिक विवरणमा मानवीय तथा ठूलो भौतिक क्षति देखिएको छैन।

मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

आपत्कालीन निकायले जोखिमयुक्त क्षेत्रको निगरानी गरिरहेका बेला प्रारम्भिक विवरणमा मानवीय तथा ठूलो भौतिक क्षति देखिएको छैन।

काठमाडौँ — मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा पहिरो र चट्टान खसेको खबर प्राप्त भएको छ ।

पेरुको भूभौतिक संस्थानका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ७ : ०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिममा केन्द्रविन्दु रहेको भूकम्प गएको हो । १२९ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको कम्पन राजधानी लिमासहित हुआनुको र कालाओ क्षेत्रमा समेत महसुस गरिएको थियो ।

पेरुको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्र (सिओएएन) ले भूकम्पको धक्का मध्यमदेखि तीव्र रूपमा महसुस गरिएको जनाउँदै जोखिमयुक्त क्षेत्रको निगरानी जारी राखिएको बताएको छ ।

स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा भूकम्पपछि लिमा र अन्य प्रभावित क्षेत्रका बासिन्दा घर तथा भवनबाट बाहिर निस्केर सडकमा भेला भएको देखिएको छ ।

पेरुको भूभौतिक संस्थानका अध्यक्ष हर्नान्डो तावेराले एएफपीसँग कुरा गर्दै जमिनको कम्पन निकै तीव्र भए पनि तत्काल मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा भने पहिरो गएको र चट्टान खसेको छ ।

पेरु जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्रशान्त महासागरीय क्षेत्रमा फैलिएको उच्च भूकम्पीय गतिविधियुक्त क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्दछ । भूकम्पविद्हरूका अनुसार पेरुमा प्रत्येक वर्ष कम्तीमा ४०० वटा भूकम्प जाने गरेका छन् । तीमध्ये करिब तीन चौथाइ भूकम्प यति कमजोर हुन्छन् कि मानिसले त्यसको कम्पनसमेत महसुस गर्न सक्दैनन् ।

यसअघि गत जुलाईमा जुनिन क्षेत्रमा ५.१ म्याग्निच्युडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त भूकम्पबाट ५२ घरसमेत पूर्ण रूपमा ध्वस्त भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं– मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा ...

#भूकम्प #क्षति #पेरु
Compare →
Nagarik News
2h ago
पेरुको एन्डिज पर्वतीय क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प

पेरुको एन्डिज पर्वतीय क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प

पेरु प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ।

#भूकम्प #पेरु
Compare →
Onlinekhabar
6d ago
भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

२८ कार्तिक, सुर्खेत । भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबार र जिल्ला अदालत भवन पुनर्निर्माण हुने भएको छ । १७ कात्तिक २०८० को जाजरकोट भूकम्पबाट क्षतिग्रस्त यी संरचनाहरूको पुनर्निर्माणका लागि बजेट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले …

#भूकम्प
Compare →
Bizshala
4d ago
इरानमाथि फेरि युद्धको खतरा, मध्यपूर्वमा अमेरिकाका तीन शक्तिशाली विमानवाहक युद्धपोत तैनाथ, थप १० हजार सैनिक पठाउने तयारी

इरानमाथि फेरि युद्धको खतरा, मध्यपूर्वमा अमेरिकाका तीन शक्तिशाली विमानवाहक युद्धपोत तैनाथ, थप १० हजार सैनिक पठाउने तयारी

काठमाण्डौ । इरानसँगको युद्ध फेरि व्यापक बन्न सक्ने आशंका बढिरहेका बेला अमेरिकाले मध्यपूर्वमा अभूतपूर्व सैन्य शक्ति...

#मध्य #शक्तिशाली
Compare →

Related Stories

Science & Climate
Build #2612