नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको सभापतिमा पूर्वमहामन्त्री शशांक कोइराला बन्ने निश्चित देखिएपनि पदाधिकारीमा कडा प्रतिस्पर्धा देखिन्छ। मंसिर २१ देखि २३ मा काठमाडौंमा हुने महाधिवेशनबाट पदाधिकारी बन्ने नेताहरुले तयारी तीव्र रुपमा गरिरहेका छन्।
देउवाले शशांकलाई नै सभापति बनाएर जान सिग्नल दिएपछि पदाधिकारीका आकांक्षीले तयारी अगाडि बढाएको पाइन्छ। १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक नै सभापति बन्ने सम्भावना उच्च रहेको देउवा पक्षीय एक नेताले बताए। नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला शशांकलाई सभापति बनाउन सकारात्मक रहेको ती नेताको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )