Trending
Prev Story
Next Story

शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

Ekantipur •
November 18, 2026 • 08:32 AM
2
2 reads 0 reactions

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ

शक्तिशाली बन्दै अकवान चक्रवात, ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ

काठमाडौँ — बङ्गालको खाडीमा विकसित चक्रवात ‘अकवान’ थप शक्तिशाली बन्दै गएको छ । यो चक्रवात करिब ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ अगाडि बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ। त्यसबेला हावाको गति १३० देखि १४५ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ।

आँधीका कारण आन्ध्र प्रदेश, ओडिशा र तेलङ्गानालगायत आठवटा राज्यमा भारी वर्षाको चेतावनी दिइएको छ। आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भारी वर्षाको खतरा छ। सुरक्षाका लागि एनडीआरएफ र एसडीआरएफका टोलीहरू परिचालन गरिएका छन् भने माछा मार्न प्रतिबन्ध लगाइएको छ।

ओडिशाको दक्षिण क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिम छ। जोखिमयुक्त ठाउँबाट दुई लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।

तमिलनाडु र पुडुचेरीका तटीय क्षेत्रमा भारी वर्षा र तीव्र हावाद्वारी चल्ने सम्भावना छ। समुद्रमा उच्च छाल उठ्ने भएकाले सतर्कता अपनाइएको छ।

तेलङ्गाना र पश्चिम बंगालमा २० देखि २१ नोभेम्बरसम्म भारी वर्षा र तल्लो क्षेत्रमा बाढीको सम्भावना छ।

(अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, गति १४५ किमि प्रतिघण्टासम्म पुग्ने चेतावनी

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, गति १४५ किमि प्रतिघण्टासम्म पुग्ने चेतावनी

आईएमडीले चक्रवातका कारण १२० देखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिएको छ।

#चक्रवात #किलोमिटर #शक्तिशाली
Compare →
Onlinekhabar
5h ago
बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

बंगालको खाडीमा अकवान चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

२ मंसिर, काठमाडौं । एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा तीनवटा चक्रवात विकसित भएका छन् । ‘अर्नब’ र ‘मुरासु’ पछि अहिले ‘अकवान’ नामको चक्रवात विकसित भएको छ । नयाँ विकसित चक्रवात अकवानको मार्ग पनि भारतको आन्ध्र …

#चक्रवात #अकवान
Compare →
Hamro Patro News
1d ago
बंगालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात थप खतरनाक बन्ने अनुमान- कहाँ-कहाँ हुँदैछ वर्षा ?

बंगालको खाडीमा विकसित ‘अक्वान’ चक्रवात थप खतरनाक बन्ने अनुमान- कहाँ-कहाँ हुँदैछ वर्षा ?

बंगालको खाडीमा विकसित भइरहेको ‘अक्वान’ नामक चक्रवात (साइक्लोन) थप खतरनाक बन्ने अनुमान गरिएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिण तथा त्यससँग जोडिएको पश्चिम-मध्य बंगालको खाडीको मध्य भागमा ब...

#आँधी #चक्रवात
Compare →

Related Stories

World News
Build #2612