बंगालको खाडीमा विकसित भइरहेको ‘अक्वान’ नामक चक्रवात (साइक्लोन) थप खतरनाक बन्ने अनुमान गरिएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिण तथा त्यससँग जोडिएको पश्चिम-मध्य बंगालको खाडीको मध्य भागमा बनेको यो आँधी आज साँझसम्ममा ‘गम्भीर चक्रवाती आँधी’मा परिणत हुन सक्छ।
मौसम विभागले यो आँधी १९ नोभेम्बरको बिहानसम्ममा ‘अति भीषण चक्रवाती आँधी’को रूप लिन सक्ने चेतावनी दिएको बीबीसी हिन्दीले जनाएको छ। पूर्वानुमानअनुसार, आगामी २० नोभेम्बरको दिउँसोतिर यो आँधी आन्ध्र प्रदेश र यनमको तटमा पर्ने नेल्लोर र तूनीको बीचमा ठोक्किने सम्भावना छ। सो क्रममा हावाको गति प्रतिघन्टा १२० देखि १३० किलोमिटर रहनेछ भने केही स्थानमा यो हुरीको गति बढेर १४५ किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्नेछ।
Read full story at source ( lokaantar.com )