Trending
Prev Story
Next Story

बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

Ekantipur •
November 15, 2026 • 09:02 AM
3
3 reads 0 reactions

चक्रवाततर्फ अघि बढिरहेको बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणाली नेपाल मौसम विज्ञान विभागको निगरानीमा रहे पनि नेपालमा ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना नरहेको जनाइएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने

चक्रवाततर्फ अघि बढिरहेको बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणाली नेपाल मौसम विज्ञान विभागको निगरानीमा रहे पनि नेपालमा ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना नरहेको जनाइएको छ ।

काठमाडौं — नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहे पनि त्यसले नेपालमा असर नगर्ने उनको भनाइ छ ।

विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उनले बताए । उनकाअनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन ।

उनले भने, ‘बङ्गालको खाडीमा जुन न्युन चापीय क्षेत्र छ, त्यो गहिरो न्युनचापीय क्षेत्रमा परिणत भएको जस्तो देखिन्छ । यसले बिस्तारै चक्रवातको अवस्था लिने जस्तो देखिन्छ । तथापि यो चक्रवात बने पनि यसले नेपालमा प्रभाव पार्ने जस्तो देखिँदैन । यसले नेपालमा मौसमको फेरबदल बनाउने, वर्षाको गतिविधि बढाउने जस्तो देखिँदैन ।’

उनले आइतबार मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको र पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको बताए । उनका अनुसार दुई प्रदेशका धेरै स्थानमा वर्षा हुनसक्ने भए पनि भारी वर्षाको सम्भावना छैन । गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुनसक्ने विभागको अनुमान छ । आइतबार बेलुकादेखि पश्चिमी न्युनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमशः घट्ने उनले जानकारी दिए । आगामी २ दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका ५ दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना, सोमबारसम्म विकसित हुने अनुमान

२८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको जनाएको हो ।   विभागले हाल दक्षिणपूर्वी …

#बंगाल #खाडी #विकसित
Compare →
Bizshala
3d ago
न्युनचापीय प्रणालीको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

न्युनचापीय प्रणालीको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ ।

#न्युनचापीय #प्रणाली
Compare →
Arthasansar
3d ago
न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको...

#न्युनचापीय #प्रणाली
Compare →
Hamro Patro News
1d ago
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते सोम...

#प्रणाली
Compare →
Nagarik News
1d ago
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।

#प्रणाली
Compare →

Related Stories

National (Nepal)
Build #2612