Trending
Prev Story
Next Story

छठका लागि गण्डक नहरको डिल काटेर सिर्सिया नदीमा पानी खसालियो

Ekantipur •
November 15, 2026 • 09:02 AM
4
4 reads 0 reactions

वीरगन्ज–२२ जगरनाथपुरमा नहरको डिल काटेर पानी नदीमा झारिएपछि छठ घाटमा अर्घ्य दिन व्रतालुलाई सहज भएको छ।

छठका लागि गण्डक नहरको डिल काटेर सिर्सिया नदीमा पानी खसालियो

वीरगन्ज–२२ जगरनाथपुरमा नहरको डिल काटेर पानी नदीमा झारिएपछि छठ घाटमा अर्घ्य दिन व्रतालुलाई सहज भएको छ।

पर्सा — छठ व्रतालुको सहजताका लागि सिर्सिया नदीको पानी सफा गर्न गण्डक नहरको डिल काटेर नदीमा पानी झारिएको छ। वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित नहरको डिल आइतबार बिहान साढे ५ बजे काटेर पानी नदीमा खसालिएको हो।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुमन ठाकुरका अनुसार सुरुमा करिब दुई मिटर चौडाइमा नहरको डिल काटिएको थियो। तर नहरबाट आएको पानीको बेगले निकास बढाउँदै करिब साढे ५ मिटर पुर्‍याएको छ। नहरको पानी स्थानीय किसानको खेतछेउमा रहेको करिब १० मिटर चौडा प्राकृतिक नालामार्फत सिर्सिया नदीमा झारिएको हो।

भारतीय पक्षले यस वर्ष धानबालीका लागि उपलब्ध गराएको नहरको पानी कात्तिक १० गते नै बन्द गरेको थियो। तर छठ पर्वलाई लक्षित गरी पुनः नहरमा पानी प्रवाह गरिएको हो। इन्जिनियर ठाकुरका अनुसार भारतीय पक्षले बुधबारदेखि नै नहरमा पानी छाडेको थियो। वीरगन्ज क्षेत्रमा भने शनिबार राति पानी आइपुगेको हो।

सुरुमा ३ सय ५० क्युसेक पानी प्रवाह भएको नहरमा शनिबार रातिसम्म बढेर ५ सय क्युसेक पुगेको उनले बताए। उनका अनुसार अहिले किसानलाई सिँचाइका लागि नहरको पानी आवश्यक छैन।

यसअघि गत साता प्रधानमन्त्री कार्यालयको निर्देशनमा संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मेकानिकल इन्जिनियर सन्तोष कोइरालासहितको टोली वीरगन्ज आएर सिर्सिया नदीको पानी सफा गर्ने विकल्पबारे अध्ययन गरेको थियो। टोलीले नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायत सरोकारवालासँग नदीको पानी सफा गर्ने विभिन्न विकल्पबारे छलफल गरेको थियो।

पर्सा र बाराका करिब दुई दर्जन स्थानमा सिर्सिया नदी किनारमा छठ घाट छन्। नहरको पानी नदीमा मिसिएपछि नदीको पानी तुलनात्मक रूपमा सङ्लिएको छ। यसले व्रतालुलाई अर्घ दिन सहज हुने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्। प्रसौनीका विजय कोइरीले नदीको पानीमा उभिएर सूर्यलाई अर्घ्य दिने व्रतालुका लागि पानी सङ्लिँदा सहज भएको बताए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको अनुगमन अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी ...

#सिर्सिया
Compare →
Nagarik News
3d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#पानी
Compare →
Onlinekhabar
3d ago
असिना पानीले धानबालीमा क्षति

असिना पानीले धानबालीमा क्षति

२६ कात्तिक, भोजपुर। जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् । जिल्लाका विभिन्न स्थानमा परेको …

#पानी
Compare →

Related Stories

Business & Economy
Build #2612