Trending
Prev Story
Next Story

स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

Ekantipur •
November 22, 2026 • 05:33 AM
2
2 reads 0 reactions

सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले स्कार्पियो चालकलाई पक्राउ गरेको छ ।

स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले स्कार्पियो चालकलाई पक्राउ गरेको छ ।

सुनसरी — सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले स्कार्पियो चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति ११:३० बजे धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा सवारीसाधन जाँच गर्ने क्रममा BR 11 Y 3039 नम्बरको स्कार्पियोबाट गाँजा बरामद गरिएको सुनसरी प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साह छन् । इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक खड्का अनुसार बरामद गाँजा र स्कार्पियोसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ।

#गाँजा #बरामद #किलो
Compare →
Hamro Patro News
1h ago
धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ह...

#सुनसरी #गाँजा #४९९
Compare →
Onlinekhabar
3d ago
पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

३ मंसिर, काठमाडौं । मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार …

#गाँजा #बरामद #चालक
Compare →
Bizshala
3d ago
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट...

#किलो
Compare →

Related Stories

National (Nepal)
Build #2612