Trending
Prev Story
Next Story

४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Nagarik News •
November 20, 2026 • 08:40 AM
3
3 reads 0 reactions

प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई  पक्राउ गरेको छ।

चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय कन्टेनर गाडीको फल्स बटम बनाएर लुकाइछिपाई ल्याइएको गाँजासहित दुई जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ भारतीय नम्बर प्लेटको कन्टेनर  जाँच गरेको थियो।

जाँचका क्रममा कन्टेनरको चालक सिट पछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला चर्खाजेका २४ वर्षीय सत्यम कुमार र सहचालक वैशाली जिल्लाकै बाबन घाटका २० वर्षीय रौनक कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध गाँजाको ओसारपसार तथा कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८३ १४:२५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ।

#गाँजासहित #किलो
Compare →
Onlinekhabar
5d ago
साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

२९ कात्तिक, काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको …

#गाँजासहित #किलो
Compare →
Hamro Patro News
7h ago
सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्ने

सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री बालेनले भेटवार्ता गर्ने

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आगामी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जान लागेका प्रधानमन्त्री शाहले भ्र...

#भारतीय
Compare →
Bizshala
2d ago
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट...

#किलो
Compare →

Related Stories

World News
Build #2612