Trending
Prev Story
Next Story

१३ वर्षीया बालिकालाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा एक युवक पक्राउ

Nagarik News •
November 22, 2026 • 09:04 AM
2
2 reads 0 reactions

मोरङको लेटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

१३ वर्षीया बालिकालाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा एक युवक पक्राउ

मोरङको लेटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

लेटाङ नगरपालिका–६ का २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

गत कात्तिक २८ गते साँझ स्थानीय क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा लम्सालले बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी (निवेदन) मा उल्लेख रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा घटनासम्बन्धी जाहेरी दर्ता भएको थियो। घटना लगत्तै लम्साल फरार भएको प्रहरीले जनाएको छ।

जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न व्यक्तिको पहिचान गरेको थियो। अनुसन्धानका क्रममा मंसिर ५ गते लम्साललाई उनकै घरबाट पक्राउ गरिएको डिएसपी मिश्रले बताए।

पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १४:४९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4h ago
नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

घटनाबारे मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले लेटाङ नगरपालिकाकै २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

#लेटाङ #बालिका #स्ती
Compare →
Hamro Patro News
1d ago
शैक्षिक सम्मेलनबाट फर्किएकी प्रिन्सटनकी २४ वर्षीया विद्यार्थी अमेरिकी अध्यागमनको नियन्त्रणमा

शैक्षिक सम्मेलनबाट फर्किएकी प्रिन्सटनकी २४ वर्षीया विद्यार्थी अमेरिकी अध्यागमनको नियन्त्रणमा

अमेरिकाको प्रतिष्ठित प्रिन्सटन विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) गरिरहेकी २४ वर्षीया अनुसन्धानकर्ता इभा यी सिएलाई अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले विमानस्थलबाटै नियन्त्रणमा...

#वर्षीया
Compare →
Onlinekhabar
5d ago
वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्

वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्

३० कात्तिक, सुर्खेत । सुर्खेतमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुर बस्ने २७ वर्षीया सरस्वती गिरी (वली) आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल …

#वर्षीया
Compare →

Related Stories

World News
Build #2612