Trending
Prev Story
Next Story

इजरायलमा राष्ट्रिय एकताको सरकार बनाउने तयारी : एक ठाउँमा आउँदै नेतान्याहु र गादी

Nagarik News •
November 22, 2026 • 09:25 AM
2
2 reads 0 reactions

नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक विकल्पमाथि छलफल गरिरहेको याशारले लिकुडलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरेको हो।

इजरायलमा राष्ट्रिय एकताको सरकार बनाउने तयारी : एक ठाउँमा आउँदै नेतान्याहु र गादी

इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी र पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको याशार पार्टीबिच वार्ता हुने भएको छ।

नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक विकल्पमाथि छलफल गरिरहेको याशारले लिकुडलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरेको हो।

याशार पार्टीले शनिबार लिकुडसँग सघन गठबन्धन वार्ता गर्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएको थियो। आइतबारदेखि सुरु हुने वार्तामा राष्ट्रिय एकता सरकार गठनका सम्भावना र साझा राजनीतिक सहमतिका विषयमा छलफल हुने बताइएको छ।

याशारले नयाँ सरकार गठनका लागि सबै सम्भावित विकल्पमा छलफल गर्ने र राजनीतिक सहमति जुटाउन नयाँ पहल गर्नेछ। पार्टीले वार्ताबाट सरकार गठनको बाटो खोल्न सकिने विश्वास व्यक्त गरेको छ। तर, नेतान्याहुको लिकुड पार्टीले राष्ट्रिय एकता सरकारमा सहभागी हुन विभिन्न सर्त अघि सारेको छ। उसले नेतान्याहु र उनको सरकारविरुद्ध भइरहेको राजनीतिक बहिष्कार अन्त्य गर्नुपर्ने माग गरेको छ। त्यस्तै, राजनीतिक दलका नेताहरूबिच व्यक्तिगत आक्रमण र उत्तेजना फैलाउने गतिविधि रोक्नुपर्ने बताएको छ।

लिकुडले इजरायललाई यहुदी जनताको राष्ट्रका रूपमा मान्यता दिनुपर्ने, प्यालेस्टाइन राज्य स्थापनाको प्रस्ताव अस्वीकार गर्नुपर्ने तथा गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त पनि अघि सारेको छ।

त्यस्तै, अतिवादी अर्थोडक्स यहुदी समुदायका धार्मिक विद्यार्थीको अनिवार्य सैन्य सेवासम्बन्धी विवाद समाधान गर्न त्यस समुदायका नेताहरूसँग व्यापक सहमति गर्नुपर्ने लिकुडको अर्को सर्त छ। लिकुडले अरब राजनीतिक दलहरूको समर्थनमा सरकार गठन गर्ने प्रयास नगर्न पनि माग गरेको छ।

यद्यपि, आइजेनकोटले नेतान्याहुको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गर्दै आएका छन्। उनी लिकुडका सांसदहरूलाई सरकारमा सहभागी गराउन तयार देखिए पनि नेतान्याहु प्रधानमन्त्री रहने सरकारमा सहभागी नहुने अडानमा छन्।

यसैबिच, पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले आइजेनकोटको नेतृत्वमा राष्ट्रिय एकता सरकार गठन गर्ने प्रस्तावलाई समर्थन गरेका छन्। उनले नेतान्याहु पुनः प्रधानमन्त्री बन्ने सरकारमा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारेका हुन्।

बेनेटले नेतान्याहु प्रधानमन्त्री नहुने सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले आइजेनकोट नेतृत्वको सरकारमा लिकुड सहभागी हुन सक्ने भए पनि नेतान्याहुको नेतृत्व स्वीकार गर्न नसकिने धारणा राखेका छन्।

यता, यिसरायल बेइतेनु पार्टीका नेता अविग्दोर लिबरम्यान र डेमोक्रेट्स पार्टीका नेता याइर गोलान भने लिकुडसँगको सत्ता साझेदारीप्रति असहमत छन्। उनीहरूले अरब राजनीतिक दलहरूको समर्थन लिएर सरकार गठन गर्ने विषयमा पनि फरक धारणा राख्दै आएका छन्।

अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ सिट जितेको थियो। आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट प्राप्त गर्दा अरब राजनीतिक दलहरूले १९ सिट जितेका थिए। इजरायलको १२० सदस्यीय संसदमा सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ।

दुवै राजनीतिक समूहले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि गठबन्धन निर्माण गर्नुपर्ने अवस्था आएको हो। अरब राजनीतिक दलहरूको समर्थन लिने वा लिकुडसँग मिलेर राष्ट्रिय एकता सरकार बनाउने भन्ने विषयमा विपक्षी गठबन्धनभित्रै मतभेद छ।

राष्ट्रपति आइज्याक हर्जोगले आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन्। उनलाई डिसेम्बर ६ सम्मको समय दिइएको छ। आवश्यक परे राष्ट्रपतिले थप १४ दिन समय बढाउन सक्नेछन्।

आइजेनकोटले सरकार गठनको प्रक्रिया लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको बताएका छन्। उनले व्यापक गठबन्धन निर्माण सम्भव नभए संसद्को समर्थनमा अल्पमतको राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने विकल्पसमेत खुला राखेका छन्।

लिकुड र याशारबिचको वार्ताले इजरायलको आगामी सत्ता समीकरणमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। तर, नेतान्याहुको नेतृत्व, अरब राजनीतिक दलहरूको समर्थन र सैन्य सेवासम्बन्धी विवादमा सहमति जुटाउन नसके राष्ट्रिय एकता सरकार गठनको प्रयास चुनौतीपूर्ण बन्न सक्छ। एजेन्सीको सहयोगमा

प्रकाशित: ६ मंसिर २०८३ १५:१० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

६ मङ्सिर, जेरुसेलम (रासस/सिन्ह्वा)। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार …

#गठन #लिकुड #एकता
Compare →
Hamro Patro News
20h ago
वामपन्थी शक्तिबीच एकता अपरिहार्य छः प्रचण्ड

वामपन्थी शक्तिबीच एकता अपरिहार्य छः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अग्रगामी दिशामा लैजान वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । नेकपाको काठमाडौँ जिल्ला समितिको एकता बैठक तथा र...

#एकता
Compare →

Related Stories

Politics & Governance
Build #2612