Trending
Prev Story
Next Story

मधेशमा सहमतिको सरकार गठनको पहल गर्छु : मुख्यमन्त्री यादव

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहमतिको सरकार गठनको पहल गर्ने बताएका छन् । त्यसका लागि दलहरुसँग छलफल गर्ने उनले बताए । आइतबार मुख्यमन्त्री पदको शपथ ग्रहणपछि पत्रकारहरुको जिज्ञासामा उनले सबै दलको सहमतिमा …

मधेशमा सहमतिको सरकार गठनको पहल गर्छु : मुख्यमन्त्री यादव

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहमतिको सरकार गठनको पहल गर्ने बताएका छन् । त्यसका लागि दलहरुसँग छलफल गर्ने उनले बताए ।

आइतबार मुख्यमन्त्री पदको शपथ ग्रहणपछि पत्रकारहरुको जिज्ञासामा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताए । ‘सबै दललाई फेरि मिलाएर सहमतिको सरकार बनाएर राम्रो काम गर्ने,’ उनले भने ।

उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिए । आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउन प्रयास गर्ने बताए ।

पहिलेको तुलनामा सरकारको गति पनि बढाउने उनले बताए । ‘मेरो प्रथम प्राथमिकता रहन्छ कि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने,’ उनले भने, ‘मधेशको काम पहिले स्लो चलिरहेको थियो । अब राम्रो गति दिएर काम गर्ने ।’

भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।

उनले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयले उनको शपथ भोलि बिहान १० बजेका लागि तय ग...

#मुख्यमन्त्री #मधेश #यादव
Compare →
Nagarik News
1d ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

#मुख्यमन्त्री #मधेश #यादव
Compare →
Ekantipur
1h ago
मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् ।

#मुख्यमन्त्री #मधेश
Compare →
Bizshala
6h ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612