Trending
Prev Story
Next Story

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

Ekantipur •
November 22, 2026 • 07:03 AM
3
3 reads 0 reactions

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् ।

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् ।

जनकपुर — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सर्वदलीय सरकार बनाउने बताएका छन् ।

मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए । 'मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउँछु,' मुख्यमन्त्री यादवले भने, 'मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ ।'

मन्त्रीपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने उनको भनाइ छ । आफूले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताए ।

सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तीव्रता दिनेतिर हुने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।

निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । यसअघि प्रदेश प्रमुख कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

जनकपुरधाम, ६ मङ्सिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले...

#मुख्यमन्त्री #सर्वदलीय #बनाउने
Compare →
Nagarik News
1h ago
मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

#मुख्यमन्त्री #सर्वदलीय #बनाउने
Compare →
Onlinekhabar
1d ago
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता सहभागी भएनन् । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका …

#मुख्यमन्त्री #मधेश #यादव
Compare →
Bizshala
5h ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612