Trending
Prev Story
Next Story

मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

Nagarik News •
November 22, 2026 • 06:24 AM
2
2 reads 0 reactions

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए।

‘मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउछु,’ मुख्यमन्त्री यादवले भने, ‘मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ।’

निर्धारित समयभित्रै प्रदेश सभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे।

यसअघि प्रदेश प्रमुख कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

प्रकाशित: ६ मंसिर २०८३ १२:०९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे

जनकपुर - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आइतबार बिहान ११ बजे सपथ ग्रहण गर्ने भएका छन् । मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायण दाहालले आइतबार बिहान ११ बजे प्रदेश प्रमुख क...

#मुख्यमन्त्री #यादव #नवनियुक्त
Compare →
Onlinekhabar
1d ago
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता सहभागी भएनन् । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका …

#मुख्यमन्त्री #यादव #नवनियुक्त
Compare →
Ekantipur
46m ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

#मुख्यमन्त्री #यादव
Compare →
Arthasansar
1w ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री #यादव
Compare →

Related Stories

Politics & Governance
Build #2612