Trending
Prev Story
Next Story

मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

Ekantipur •
November 22, 2026 • 06:02 AM
2
2 reads 0 reactions

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जनकपुर — मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालयलमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सपथ खुवाएका हुन् । शनिबार  यादवलाई उनले  संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । जसपा नेपालका नेता यादव दोस्रो कार्यकालमा मधेश प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका छन् । उनी पहिलो कार्यकालमा मधेश प्रदेशका सभामुख थिए ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
उपेन्द्र यादवलाई आइलागेको अप्ठ्यारो

उपेन्द्र यादवलाई आइलागेको अप्ठ्यारो

१ मंसिर, काठमाडौं । अल्पमतमा परेर नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले राजीनामा बुझाएपछि मधेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया चलिरहेको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आगामी शुक्रबारसम्मको समय दिएका …

#यादव #मुख्यमन्त्री #संविधान
Compare →
Hamro Patro News
21h ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलेले नेपालको संविधानको धारा १६८ को उपधा...

#यादव #मुख्यमन्त्री #मधेश
Compare →
Nagarik News
13m ago
मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

#यादव #मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612