जनकपुर - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आइतबार बिहान ११ बजे सपथ ग्रहण गर्ने भएका छन् ।
मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायण दाहालले आइतबार बिहान ११ बजे प्रदेश प्रमुख कार्यालय परिसरमै सपथ ग्रहण कार्यक्रम राखिएको जानकारी दिए । उनले अहिलेसम्म मुख्यमन्त्री यादवले मात्र सपथ लिने बताए । उनका अनुसार मुख्यमन्त्री यादवले आन्तरिक छलफल गर्दै छन् र भोली विहान ११ बजे भन्दा पहिलेसम्म टुंगो लागेमा सानो मन्त्रिपरिषद विस्तार हुने सम्भावना पनि रहेको छ ।
Read full story at source ( nepallive.com )