Trending
Prev Story
Next Story

समता काव्य सन्ध्याकाे काव्यिक यात्रा चार सय शृंखला सम्पन्न

Nagarik News •
November 22, 2026 • 03:38 AM
2
2 reads 0 reactions

साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण भन्ने मूल उद्घोषका साथ स्थापित समता काव्य सन्ध्याकाे काव्यिक यात्रा चार सय शृंखला सम्पन्न भएकाे छ।

समता काव्य सन्ध्याकाे काव्यिक यात्रा चार सय शृंखला सम्पन्न

साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण भन्ने मूल उद्घोषका साथ स्थापित समता काव्य सन्ध्याकाे काव्यिक यात्रा  चार सय शृंखला सम्पन्न भएकाे छ।

साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण भन्ने मूल उदघोषका साथ २०३४ सालमा स्थापित मुलुककै अग्रणी वाङमयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको कविताको अघोषित पाठशालाका रूपमा स्थापित समता काव्य सन्ध्याको ४०० औं समता काव्य सन्ध्या एक विशेष काव्य वाचन शृंखलाका रूपमा सम्पन्न भएकाे छ।

गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा संस्थाका सचिव एमडी काफ्लेको कुशल संचालन र साहित्य संयोजक ढाकामोहन बरालको अध्यक्षतामा सम्पन्न उक्त शृंखलामा समता काव्य सन्ध्याका विभिन्न शृंखलाहरूमा आफ्ना सिर्जनाहरू सुनाएर नेपाली काव्य फाँटमा आफ्नो अलग्गै काव्यिक उचाई बनाउन सफल कविहरू डा. ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप, भूपिन, र सरस्वती श्रेष्ठ ‘सरू’ले आआफ्ना रोज्जा सिर्जनाहरू वाचन गरेका थिए।

रचना सुनाउने क्रममा अक्सर सबैले समतासितका आफ्ना संस्मरण सुनाउँदै काव्य सन्ध्याले आफ्नो सिर्जनामा पारेको प्रभावमाथि प्रकाश पार्दै आफूलाई समता काव्य सन्ध्याको विद्यार्थीका रूपमा उभ्याउन पाउँदा खुसी लाग्ने धारणा व्यक्त गरे।

स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्दै संयोजक बरालले पोखरेली युवा सांस्कृतिक परिवार तथा समता काव्य सन्ध्याले आफना सर्जक भनेर गर्व तथा गौरव गर्ने स्रस्टाहरूमध्ये, नेपाली साहित्यमा आफ्नो अलग काव्यिक पहिचान बनाएका प्रतिनिधि केही कविलाई ४०० औं शृंखलामा प्रस्तुत गरेको बताउँदै, २०५० सालदेखि हरेक महिनाको पहिलो शनिबार नियमित रूपमा काव्य वाचन गर्दै आइरहेको समता काव्य सन्ध्याको नेपाली साहित्यमा अलग्गै महत्ता रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिम्बकवि रमेश श्रेष्ठले समता काव्य सन्ध्याको ऐतिहासिकता, काव्यको शक्ति र सौन्दर्यको चर्चा गर्दै कविता लेखन आफैँमा एक उपासना भएको धारणा राखे।

संस्थाका संस्थापक सचिव तथा नेपाली साहित्यका शिखर व्यक्तित्व साहित्यकार सरूभक्तले नेपाली कविताको क्षेत्रमा समता काव्य सन्ध्याले पुर्याएको योगदानको चर्चा गर्दै शृंखलामा आआफ्ना रोज्जा सिर्जना सुनाउने कविहरूलाई काव्यिक सफलताको शुभकामना व्यक्त गर्दै यसै वर्ष संस्था पचासौ वर्षमा प्रवेश गर्ने भएकोले पनि यसका उपलब्धिहरूको दस्तावेजीकरण आवश्यक रहेको धारणा व्यक्त गरे।

पचासको दशक ताका समता काव्य सन्ध्याका शृंखलाहरूको संस्मरण सुनाउँदै नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव डा रोशन शेरचनले अतिथि कविका रूपमा आफ्ना केही कवितासहित समता काव्य सन्ध्याले नेपाली काव्यमा छाडेको प्रभावबारे प्रकाश पारे।

उक्त अवसरमा संस्थाले प्रज्ञाप्रतिष्ठानकको सदस्य सचिव र सदस्यका रूपमा नियुक्त आफ्नै संस्थासित सम्बद्ध सर्जक डा. रोशन शेरचन र तीर्थ गुरूङलाई बधाई तथा सम्मान अर्पिएकाे थियाे।

गण्डकी प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमलाई पोखरा महानगरपालिका वडा न ६ र वडा न ७ को विशेष सहयोग र साथ प्राप्त भएको थियाे।

उक्त अवसरमा प्रमुख आमन्त्रित व्यक्तित्व गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति प्राडा न्यौपानेले आफू पनि पचासको दशकमा उक्त संस्थाकै साहित्य संयोजक रहेको प्रसंग सम्झिदै संस्थासितका आफ्ना रमाइला अनुभतिहरू साट्दै शृंखलाका सर्जकहरूको रचनामा रहेको शक्ति र सौन्दर्यको चर्चा सहित सफलता र निरन्तरताको कामना व्यक्त गरे। साथै, कुनै पनि राष्ट्रको पहिचान त्यहाँको भाषा, साहित्य, कला र संस्कृतिको सम्पन्नता र वैभवमा भर पर्ने भएकोले यसको  सम्बर्धनमा सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८३ ०९:२३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1h ago
गरिमा रोड रेस २०८३ सम्पन्न: खुलातर्फ तिर्थ र राज्य, कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम

गरिमा रोड रेस २०८३ सम्पन्न: खुलातर्फ तिर्थ र राज्य, कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम

गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ जीवनशैलीका लागि...

#सम्पन्न
Compare →
Hamro Patro News
2d ago
एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने

एमाले वडा र पालिका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्ने

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका वडा र पालिका तहका अधिवेशन सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गरिने बताएका छन्। बिहीबार आयोजित राष्ट्रिय भेलापछिको बैठकपछि सञ्चारकर्...

#सम्पन्न
Compare →
Bizshala
3d ago
एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न...

#सम्पन्न
Compare →
Ekantipur
6d ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

छठघाटमा व्रतालुहरूले दर्शन गर्न पुगेका विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सौभाग्यको टीका लगाइदिएका थिए। यसो गर्दा पति र सन्तानको दीर्घायु हुने धार्मिक विश्वास छ।

#सम्पन्न
Compare →
Onlinekhabar
6d ago
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

२९ कात्तिक, महोत्तरी । लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ । मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि …

#सम्पन्न
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612