Trending
Prev Story
Next Story

छेवेटारको प्रदेश स्तरीय जेष्ठ नागरिक आवास भवन सञ्चालनमा

Ekantipur •
November 22, 2026 • 03:33 AM
2
2 reads 0 reactions

प्रत्येक प्रदेशमा सुविधा सम्पन्न वृद्धाआश्रम भवन निर्माण गर्ने सरकारको योजना अनुसार छेवेटारमा गण्डकी प्रदेश स्तरीय सुविधा सम्पन्न वृद्धाआश्रमको भवनमा शनिबार २६ जना वृद्धवृद्धा राखिएको छ ।

छेवेटारको प्रदेश स्तरीय जेष्ठ नागरिक आवास भवन सञ्चालनमा

प्रत्येक प्रदेशमा सुविधा सम्पन्न वृद्धाआश्रम भवन निर्माण गर्ने सरकारको योजना अनुसार छेवेटारमा गण्डकी प्रदेश स्तरीय सुविधा सम्पन्न वृद्धाआश्रमको भवनमा शनिबार २६ जना वृद्धवृद्धा राखिएको छ ।

गोरखा — गोरखा नगरपालिका–१० छेवेटारको जेष्ठ नागरिक आश्रम सञ्चालनमा आएको छ । शनिबार आश्रममा २६ जना वृद्धवृद्धालाई गृहप्रवेश गराइएको मान सेवा आश्रमकी केन्द्रीय सदस्य निता केसीले बताइन् ।

प्रत्येक प्रदेशमा सुविधा सम्पन्न वृद्धाआश्रम भवन निर्माण गर्ने सरकारको योजना अनुसार छेवेटारमा गण्डकी प्रदेश स्तरीय सुविधा सम्पन्न वृद्धाआश्रमको भवन चार करोड खर्च गरेर निर्माण भएको थियो ।

निर्माण सम्पन्न भएको दुई वर्षसम्म अलपत्र अवस्थामा रहेको जेष्ठ नागरिक आश्रमको भवन मानव सेवा आश्रम मातहत सञ्चालन गरिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट उद्धार भइ चितवनको मानव सेवा आश्रममा बसोबास गर्दै आएका वृद्धवृद्धालाई गोरखाको छेवेटारमा सञ्चालनमा आएको जेष्ठ नागरिक आवास भवनमा स्थानान्तरण गरिएको केसीले बताइन् । ‘भवनमा केही संरचना निर्माण गर्नुपर्ने थियो, व्यवस्थापनको काम सकेर आजबाट आमाबुवा राख्न सुरु गरेका छौं,’ उनले भनिन्, ‘वृद्धवृद्धको सेवाका लागि चार जना राखेका छौं ।’

आश्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको एकीकृत सेवा कार्यालय गोरखा र मानव सेवा आश्रम हेटौंडा बीच सम्झौता भएको थियो । आश्रममका गण्डकी प्रदेशको जेष्ठ नागरिक आश्रम सञ्चालन कार्यविधि २०८२ को दफा १३ बमोजिम ६० वर्ष उमेर पुगेका असहाय र अशक्त जेष्ठ नागरिकलाई राखिने गरि भवन सञ्चालनमा ल्याउन मानव सेवा आश्रम सँग सम्झौता गरिएको हो ।

जीवन यापान गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ती नभएका, पालन पोषण र हेरचाह गर्ने परिवारका कुनै सदस्य नभएका, परिवारका सदस्य भएर पनि पालन पोषण नगरी अपहेलित वा उपेक्षित जिवन बिताउन बाध्य भएकाहरुलाई आश्रममा राख्ने पनि सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार मानव सेवा आश्रमले उद्धार, संरक्षण, सुरक्षित आवास (आश्रम), स्वास्थ्य उपचार र पारीवारीक पुनर्मिलन जस्ता सम्पूर्ण कार्यहरु गर्ने एकीकृत सेवा कार्यालय गोरखाका प्रमुख दशरथ शर्माले बताए ।

छेवेटारमा जेष्ठ नागरिक आवास भवन २०७६ भदौ १ गते बाट निर्माण सुरु भएको थियो । २०७८ अर्थात दुई वर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि समयमै निर्माण पूरा नभएपछि तीन पटकसम्म म्याद थप गरेर गत अघिल्लो असोजमा काम सम्पन्न गरिएको थियो । सुरक्षा गार्ड, प्रशासनिक र मुख्य आवास गृहका छुट्टा/छुट्टै तीनवटा भवन बनेको छ । आवास भवनमा ३२ जना सम्म वृद्धवृद्धा राख्न सक्ने गरी संरचना तयार भएको छ । वडाबाट बारम्बारको ताकेता र समन्वय पछि आश्रम भवन सञ्चालनमा आएको गोरखा नगरपालिका–१० का वडा अध्यक्ष प्रदीप कुँवरले बताए ।

भवनसम्म पुग्ने सडक स्तरोन्नतिका लागि पनि प्रदेश सरकार साग पहल भइरहेको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
13h ago
खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।

#भवन
Compare →
Onlinekhabar
1d ago
अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

५ मंसिर, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि गाई तथा घोडाको गोबर फालेर जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गरिएको छ। जलवायु अभियानमा सक्रिय समूह राइजिङ टाइडले गत शुक्रबार ट्रकमा गोबर ल्याएर संसद् भवनको अगाडिको …

#भवन
Compare →
Hamro Patro News
1d ago
वडा कार्यालयको नयाँ भवनबाट सेवा

वडा कार्यालयको नयाँ भवनबाट सेवा

भोजपुरको साल्पासिलिछो गाउँपालिका –४ खाटाम्माको नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ । विगत लामो समयदेखि पुरानो तथा कच्चा जस्तापाता, झ्याल, ढोका, भत्किएक...

#भवन
Compare →

Related Stories

National (Nepal)
Build #2612