लामो प्रतीक्षापछि आएको यो संस्करणले विश्वभरका पारखीलाई आकर्षित गर्दै अपेक्षाभन्दा ठूलो व्यापार र गेमिङ उद्योगमा नयाँ चर्चा जन्माएको छ।
काठमाडौँ — यस्तो गेम जसको प्रतीक्षामा करोडौँ थिए । यस्तो गेम जुन रिलिज भएको पहिलो दिनमै करोड होइन,अर्ब होइन खर्बमा कमाइ गरेको छ । यो गेम हो- जीटीए सिक्स । यसका पारखीहरूले १३ वर्षसम्म कुरेर पाएको नयाँ संस्करणले अहिले हलचल नै ल्याएको छ । यो गेम कस्तो हो र यसले कसरी आक्रामक व्यापार गरिरहेको छ त ?