Trending
Prev Story
Next Story

सञ्चालनमा आयो गोरखाको जेष्ठ नागरिक आश्रम

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ मंसिर, गोरखा । गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आश्रम संचालनमा आएको छ । शनिवारबाट आश्रममा जेष्ठ नागरिकलाई राख्न थालिएको हो । एकीकृत सेवा कार्यालयका अनुसार हाल २५ जनालाई आश्रममा राखिएको छ । उनीहरू चितवनको मानव …

सञ्चालनमा आयो गोरखाको जेष्ठ नागरिक आश्रम

५ मंसिर, गोरखा । गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आश्रम संचालनमा आएको छ । शनिवारबाट आश्रममा जेष्ठ नागरिकलाई राख्न थालिएको हो ।

एकीकृत सेवा कार्यालयका अनुसार हाल २५ जनालाई आश्रममा राखिएको छ । उनीहरू चितवनको मानव सेवा आश्रममा बस्दै आएका थिए ।

‘गोरखा घर भएकाहरूलाई त्यताबाट यता ल्याएका हौं,’ कार्यालयका निमित्त प्रमुख दशरथ शर्माले भने, ‘अब क्रमश गण्डकी प्रदेशभित्रका अन्य जेष्ठ नागरिकलाई पनि यहाँ ल्याउँछौं ।’

गण्डकी प्रदेश सरकारले करिव साढेँ चार करोड खर्चेर आश्रम निर्माण गरेको हो । आश्रम संचालनको जिम्मा मानव सेवा आश्रमलाई दिइएको छ । पाँच बर्षका लागि सम्झौता भएको कार्यालय निमित्त प्रमुख शर्माले बताए ।

जीवनयापन गर्ने कुनै आधार आयस्रोत नभएका, पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका, परिवारका सदस्य भएर पनि पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवन विताउन बाध्य ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूलाई यहाँ राख्छौं,’ उनले भने ।

ती नागरिकको उद्धार, संरक्षण, सुरक्षित आवास, स्वास्थ्य उपचार, पारिवारिक पुनर्मिलन जस्ता कार्यहरू आश्रमले गर्ने उनले जानकारी दिए ।

आश्रम संचालनका लागि गण्डकी प्रदेश सरकारले यो बर्ष ३० लाख रकम बिनियोजन गरेको छ । उक्त रकम मानव सेवालाई उपलब्ध गराउने र मापदण्ड अनुसार उनीहरूले खर्च गर्ने बताइएको छ ।

कुल तीन रोपनी सरकारी जग्गामा निर्माण भएको आश्रम भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । बृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् । सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको छ ।

भवनमा रंगरोकनसँगै बिजुली जडान भइसकेको छ । केही कोठाहरूमा एयर कन्डिसन (एसी) समेत जडान भएका छन् । भवनसम्म पुग्ने सडक कालोपत्रे भइसकेको छ । भवनको केही संरचना मर्मतसँगै डाइनिङ, बेड बिस्तार र किचन व्यवस्थापन गर्नुपर्ने आश्रमले जनाएको  छ । आश्रममा हाल ५ जना कर्मचारी खटिएका छन् । प्रत्येक प्रदेशमा एउटा वृद्धाश्रम बनाउने सरकारको योजना अनुरुप गण्डकी प्रदेशको गोरखामा बनाइएको बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
12m ago
गोरखामा एकै दिन ६ ठाउँमा चोरी

गोरखामा एकै दिन ६ ठाउँमा चोरी

पालुङटार माझथोकका भीमबहादुर घिमिरेको घरबाट ३३ सय रुपैयाँ नगद र सुनको नौगेडी चोरी भएको प्रहरीले जनाएको छ ।

#गोरखा
Compare →
Hamro Patro News
1d ago
गोरखाको धार्चे-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेकपामा प्रवेश

गोरखाको धार्चे-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेकपामा प्रवेश

गोरखा । नेकपा (एमाले) बाट निर्वाचित गोरखाको धार्चे गाउँपालिका-३ का वडाध्यक्ष शेरबहादुर गुरुङ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

#गोरखा
Compare →
Nagarik News
1w ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#गोरखा
Compare →
Bizshala
2w ago
सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

#गोरखा
Compare →

Related Stories

National (Nepal)
Build #2612