Trending
Prev Story
Next Story

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

Bizshala •
November 06, 2026 • 05:33 AM
1
1 reads 0 reactions

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २०० रुपैयाँसम्म पुगेको छ । बजारमा ३० देखि ३५ रुपैयाँमा पाइने नुन स्थानीय बासिन्दाले ढुवानी खर्चका कारण महँगो मूल्यमा किन्न बाध्य भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ तोकेको भए पनि चुमनुब्रीका सामागाउँ र साम्दोमा एक प्याकेटको २०० रुपैयाँ पर्ने गरेको छ । ल्होमा १५०, बिहीमा १००, प्रोकमा १०० देखि १७० तथा छुले र निलेमा १८० देखि २०० रुपैयाँसम्म नुनको मूल्य पर्ने स्थानीयले बताएका छन् ।

मोटर पुगेको पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो । सामागाउँ र साम्दोसम्म सामान पुर्‍याउँदा प्रतिकिलो १०० रुपैयाँसम्म ढुवानी भाडा लाग्ने गरेको छ । वर्षायाममा कतिपय क्षेत्रमा ढुवानी भाडा प्रतिकिलो ७० रुपैयाँसम्म पुग्ने गरेको स्थानीयको भनाइ छ ।

सरकारले विकट हिमाली क्षेत्रमा सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान दिँदै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको जनाएको छ । पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले खर्च उपलब्ध गराउने गरेको छ ।

तर, अनुदानमा आएको नुन सिर्दिबास क्षेत्रमै सीमित हुँदा सामागाउँ, साम्दो र छेकम्पारलगायतका विकट बस्तीका बासिन्दाले त्यसको लाभ लिन सकेका छैनन् । सिर्दिबासबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्ने भएकाले थप ढुवानी खर्च व्यहोर्नुपरेको स्थानीयको भनाइ छ ।

चुमनुब्री गाउँपालिकाका सात वडामध्ये सिर्दिबासबाहेक अन्य छ वडा अझै सडक सञ्जालबाट टाढा छन् । नेपाली सेनाले बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत सडक निर्माणको जिम्मा पाए पनि बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याले कामले गति लिन सकेको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक …

#नुन #२०० #गोरखा
Compare →
Hamro Patro News
1w ago
चुमनुब्रीमा छैन नुन, एक प्याकेट नुनकै २०० रुपैयाँ तिर्छन नागरिक !

चुमनुब्रीमा छैन नुन, एक प्याकेट नुनकै २०० रुपैयाँ तिर्छन नागरिक !

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बा...

#नुन #२०० #गोरखा
Compare →
Nagarik News
1w ago
चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ।

#नुन #२०० #चुमनुब्री
Compare →
Ekantipur
5d ago
गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

आइतबार दिउँसोबाट जंगलमा आगोलागी भएको र आगो साँझसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

#गोरखा
Compare →

Related Stories

Politics & Governance
Build #2611