Trending
Prev Story
Next Story

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

Nagarik News •
November 06, 2026 • 02:43 AM
1
1 reads 0 reactions

बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ।

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ।

नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु २० र भानु नुनको रु नौ तोकेको छ। तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट रु ६० देखि २०० सम्मपर्ने गरेको छ। गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ।

मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य रु २०० पर्छ। तल्लो क्षेत्रमा रु ३० मा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्याउन ढुवानीमै रु १०० खर्च हुने स्थानीय निमा दोर्जेले बताए।

'पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै रु १०० पर्छ। आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ। त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य रु २०० पुग्छ,' उनले भने।

सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो रु ८० पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य रु १५० पर्ने गरेको छ। गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट रु १०० मा नुन पाइने स्थानीय काल्देन छेवाङले बताए।

'पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो रु २५ भाडा लाग्छ। त्यतिबेला नुनको मूल्य रु १०० पर्छ,' उनले भने, 'वर्षायाममा ढुवानी भाडा प्रतिकिलो रु ७० सम्म पुग्छ। त्यसअनुसार सामानको मूल्य पनि बढ्छ।' वडा नं ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा प्रतिकिलो नुनको मूल्य रु १०० देखि १७० सम्म पर्ने स्थानीयवासीले बताएका छन्।

त्यस्तै, चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयोनुनको रु १८० देखि २०० सम्म तिर्ने गरेका छन्। पाङसिङबाट डेढदेखि दुई दिनको पैदलदूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो रु ६० भाडा लाग्ने गरेको छ। त्यहाँबाट केही वर रहेको लामागाउँसम्म रु ५५ र छेकम्पारको छेकम गाउँसम्म प्रतिकिलो रु ५० ढुवानी भाडा पर्ने लामागाउँका पासाङ फुन्जो लामाले जानकारी दिए। छेकम्पारका गाउँबस्तीमा एक प्याकेट आयो नुनको मूल्य रु १५० पर्छ।

गाउँपालिका–६ चुम्लिङमा भने एक प्याकेट आयो नुनको रु १०० पर्ने स्थानीय गोपाल लामाले बताए। उनका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो रु ३० भाडा लाग्छ।

सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ। कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिए।

'उत्तरी गोरखाको मागअनुसार कर्पोरेसनले आयो नुन पठाउँछ। हामीले यहाँबाट प्रतिकिलो रु २८ का दरले नुन पठाएका हुन्छौँ,' उनले भने, 'पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ।'

सरकारले ढुवानी अनुदान दिएर पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन। अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताए।

'सरकारले जगतसम्म नुन पु¥याउन ढुवानी अनुदान दिन्छ। त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्छ। त्यसैले हामीले चर्को खच्चड ढुवानी भाडा तिर्नैपर्छ,' उनले भने।

नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ। तर, मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ। बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ। बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण सडक निर्माणले गति लिन सकेको छैन। फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा अझै सडक सञ्जालको पहुँचबाट टाढा छन्।

सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा पनि प्रतिप्याकेट रु ३० पर्ने आयोनुनको मूल्य रु ६० पर्ने स्थानीय कुमारी गुरुङले बताइन्। आर्खेटबाट फिलिमसम्म खाद्यान्न आइपुग्दा ढुवानी खर्चका कारण मूल्य बढ्ने गरेको उनको भनाइ छ।

मोटर पुगेको वडा नं ३ पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो। खच्चडबाट मनास्लु क्षेत्रको अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्याउँदा प्रतिकिलो रु १०० ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले जानकारी दिए। उनका अनुसार तीन दिनको पैदलयात्रापछि गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च प्रतिकिलो रु १०० पर्छ। रासस

प्रकाशित: २० कार्तिक २०८३ ०८:२८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक …

#नुन #प्रतिकिलो #२००
Compare →
Hamro Patro News
1w ago
तिहारको मुखैमा नुनको मूल्य प्रतिकिलो २००

तिहारको मुखैमा नुनको मूल्य प्रतिकिलो २००

गोरखा - बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बास...

#नुन #प्रतिकिलो #२००
Compare →
Bizshala
1w ago
सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

#नुन #२०० #चुमनुब्री
Compare →
Ekantipur
6d ago
७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

आगामी मंसिरदेखि लागू हुने योजनाबाट मासिक २० युनिटसम्म खपत गर्ने ५ एम्पियरका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन्।

#२००
Compare →

Related Stories

Technology
Build #2611