Trending
Prev Story
Next Story

७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

Ekantipur •
November 07, 2026 • 05:32 AM
1
1 reads 0 reactions

आगामी मंसिरदेखि लागू हुने योजनाबाट मासिक २० युनिटसम्म खपत गर्ने ५ एम्पियरका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन्।

७ हजार २०० घरधुरीको न्यूनतम विद्युत् शुल्क शारदा नगरपालिकाले तिरिदिने

आगामी मंसिरदेखि लागू हुने योजनाबाट मासिक २० युनिटसम्म खपत गर्ने ५ एम्पियरका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन्।

सल्यान — सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई न्यूनतम विद्युत् शुल्कमा छुट दिने भएको छ । आगामी मंसिरदेखि लागू हुने कार्यक्रमबाट ५ एम्पियरको विद्युत् मिटर जडान गरेका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुनेछन् ।

यससम्बन्धी सम्झौतामा शारदा नगरपालिका र नेपाल विद्युत् प्राधिकरण सल्यानबीच हस्ताक्षर भएको छ । कार्यक्रमअन्तर्गत मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने ५ एम्पियरका ग्राहकले तिर्नुपर्ने न्यूनतम विद्युत् शुल्क नगरपालिकाले व्यहोर्नेछ । यो कार्यक्रम २०८४ असार मसान्तसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख प्रकाश भण्डारीले विशेषगरी विपन्न तथा न्यून आय भएका नागरिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए । सामान्य विद्युत् शुल्क बुझाउनकै लागि सदरमुकामस्थित विद्युत् कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यसमेत रहेको उनको भनाइ छ ।

‘दुर्गम तथा दूरदराजका बस्तीमा बसोबास गर्ने नागरिकले न्यूनतम विद्युत् शुल्क तिर्नकै लागि यातायात भाडा र अन्य खर्च गरेर सदरमुकाम आउनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यस्तो बाध्यता अन्त्य गर्न र विपन्न नागरिकलाई राहत दिन कार्यक्रम ल्याएका हौं । यसबाट नगरपालिकाका करिब ७० देखि ७५ प्रतिशत नागरिक लाभान्वित हुने अपेक्षा गरेका छौं ।’

कार्यक्रमबाट सुविधा लिन ५ एम्पियरको मिटर जडान गरेका ग्राहकले एकपटक सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यसपछि मासिक २० युनिटसम्मको न्यूनतम विद्युत् शुल्क नगरपालिकाले भुक्तानी गर्नेछ।

नगरपालिकाका अनुसार कार्यक्रमले न्यूनतम विद्युत् शुल्कको आर्थिक भार कम गर्नुका साथै सामान्य शुल्क बुझाउनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउनेछ ।

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत्
Compare →
Hamro Patro News
1d ago
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा

कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा

रुपन्देही । कपिलवस्तु नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । तिहारपछि शुक्रबार कार्यालय खुल्ले भएपनि का पूर्व नगरप्रमुख रामदास गुप्ताको निधनमा नगरपालिकाले शुक्रबार(कात्तिक २७)शोक बिदा दिएको हो । ...

#नगरपालिका
Compare →
Nagarik News
1d ago
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

उनले २०२७ सालमा वर्गदवा गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्च बनेका थिए।

#नगरपालिका
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#नगरपालिका
Compare →

Related Stories

World News
Build #2611