Trending
Prev Story
Next Story

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

Nagarik News •
November 12, 2026 • 05:04 AM
1
1 reads 0 reactions

उनले २०२७ सालमा वर्गदवा गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्च बनेका थिए।

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहान ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

विसं २००० मा जन्मिएका गुप्ता २०३० सालअघि देखि नै राजनीतिमा सक्रिय थिए। उनले २०२७ सालमा वर्गदवा गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्च बनेका थिए।

२०३९ सालमा तौलिहवा नगरपालिका स्थापना भएपछि उनी नगर प्रमुखमा निर्वाचित भएका थिए। त्यसैगरी, २०४८ र २०५४ सालमा पनि कपिलवस्तु नगरपालिकाको मेयर बनेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत मेयर पदका उम्मेदवार बनेका उनी पराजित भएका थिए।

पञ्चायतकालमा सार्वजनिक सेवामा योगदान पुर्‍याएबापत गुप्ताले गोरखा दक्षिणबाहु तृतीय पदकसमेत प्राप्त गरेका थिए। उनी कपिलवस्तुका चर्चित नेता भगवानदास गुप्ताका भाइ तथा पूर्वसांसद बृजेशकुमार गुप्ताका काका हुन्।

गुप्ताका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको पार्थिव शरीरको शुक्रबार बिहान १० बजे रामघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १०:४९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको निधन

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहान ...

#नगरपालिका #कपिलवस्तु #गुप्ता
Compare →
Ekantipur
1d ago
पूर्वनगरप्रमुखको निधनमा कपिलवस्तुका दुई स्थानीय तहमा शुक्रबार बिदा

पूर्वनगरप्रमुखको निधनमा कपिलवस्तुका दुई स्थानीय तहमा शुक्रबार बिदा

दीर्घरोगबाट पीडित ८२ वर्षीय गुप्ताको बिहीबार निधन भएको हो ।

#नगरपालिका #कपिलवस्तु #गुप्ता
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#नगरपालिका
Compare →

Related Stories

Politics & Governance
Build #2611