Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

Onlinekhabar •
November 11, 2026 • 03:01 AM
1
1 reads 0 reactions

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन गरेको हो।

नगरपालिकाले सार्वजनिक गरेको विवरणमा कुनै व्यक्तिको नाम, व्यक्तिगत पहिचान वा स्थायी ठेगाना विदुर नगरपालिकाबाहेक अन्यत्र भएको भए त्यसलाई सच्याउन आह्वान गरेको छ।

विवरणमा कसैको दाबी, विरोध वा कुनै किसिमको त्रुटि रहेको भए सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित लिखित रूपमा पेस गर्नुपर्नेछ। यसका लागि नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तोकिएको ३ दिनको समयावधिभित्र विवरण सच्याउन वा सुधार गर्न कुनै निवेदन प्राप्त नभएमा नगरपालिकाले सार्वजनिक गरिएको सूचीलाई नै अन्तिम विवरणका रूपमा कायम गर्नेछ। त्यसलगत्तै बेपत्ता व्यक्तिहरूको मृत्यु घोषणाको सिफारिस प्रक्रिया अगाडि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#बेपत्ता #भोटेकोशी #बाढी
Compare →
Hamro Patro News
4h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#भोटेकोशी #बाढी
Compare →
Ekantipur
13h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#बेपत्ता
Compare →

Related Stories

Science & Climate
Build #2611