घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।
दाङ — घोराही उपमहानगरपालिका–१०, अर्घुस्थित सिँचाइ ड्याममा डुबेर बिहीबार एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी हेमबहादुर केसीले जानकारी दिए ।
दिउँसो नुहाउन ड्याममा पसेका चौधरी डुबेर बेपत्ता भएका थिए । प्रहरी, सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा चौधरीको खोजी भइरहेको उनले बताए ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।