Trending
Prev Story
Next Story

दाङमा सिँचाइ ड्याममा डुबेका युवकको शव २२ घण्टापछि भेटियो

Ekantipur •
November 13, 2026 • 07:31 AM
1
1 reads 0 reactions

घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

दाङमा सिँचाइ ड्याममा डुबेका युवकको शव २२ घण्टापछि भेटियो

घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

दाङ — घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव २२ घण्टापछि शुक्रबार फेला परेको छ ।

सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले उनलाई उद्धार गरेको हो । बिहीबार दिउँसो साथीहरुसँग नुहाउन गएका घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी ड्याममा डुबेर बेपत्ता भएका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहिबारदेखि नै लगातार खोजी गर्दा पनि चौधरी फेला परेका थिएनन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ४२ रिजर्भ गण हेडक्वार्टर शमसेरगन्ज बाँकेको प्रदेश स्तरिय विपद् ब्यवस्थापन टोलीले शुक्रबार बिहानैदेखि खोजी गरेको थियो ।

सशस्त्र प्रहरी निरिक्षक आशिष रावतको नेतृत्वमा विशेष तालिम प्राप्त गोताखोर टोली ड्याममा पसेर चौधरीको खोजी गरेको थियो । गोताखोर टोलीले चौधरीको शव ३० फिट गहिरो ड्याममा माटोमा गडिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नं. २९ गण हेड क्वार्टर ज्वालामाई दाङका प्रमुख एसपी यदुकुमार कार्कीले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
18h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ । कार्तिक २७, २०८३ दुर्गालाल केसी दाङ — घोराही उप...

#डुबेर #बेपत्ता #ड्याम
Compare →
Onlinekhabar
15h ago
सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

सिँचाइ बाँधमा बेपत्ता भएका चौधरीको शव निकालियो

२७ कात्तिक, घोराही (दाङ)। दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ । सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक …

#घोराही #चौधरी #सिँचाइ
Compare →
Nagarik News
15h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#चौधरी #बेपत्ता
Compare →

Related Stories

World News
Build #2612